गण्डकीमा २५ नयाँ संक्रमित फेला, झण्डै ८ सय पुगे

Bijay Nepal विजय नेपाल
असार १२, २०७७
Corona_dark

पोखरा, १२ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ सय नजिक पुगेको छ।

प्रदेशको तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गरी ४ जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखा परेको हो । नयाँ संक्रमितसहित कुल संक्रमितको संख्या गण्डकीमा ७ सय ९२ पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकी प्रवक्ता डा. विनोदबिन्दु शर्माले शुक्रबार बिहान विज्ञप्ति जारी गरी सो कुराको पुष्टि गरेका हुन्।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको नमुना परीक्षणमा तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखा परेको छ।

यस्तै, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका २८ वर्षीय पुरुष र बागलुङको बरेङ गाउँपालिकाका २३ वर्षीय पुरुषमा पनि नमुना परीक्षणमा पोजेटिभ देखिएको हो।

उता, भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणमा प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २ महिलासहित २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

जिल्लाको कावासोती नगरपालिकाका वर्ष २५ र ३७ का गरी २ जना महिला संक्रमित हुँदा कावासोतीकै १२ जना पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको उमेर समूह वर्ष १८ देखि ५८ सम्म छ । जसमा वर्ष १८, २४, ३० र ३५ का २/२ जना तथा वर्ष २२, २९, ३३ र ५८ का १/१ जना छन् ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु सबै जनालाई सम्बन्धित जिल्लाका अस्पतालमा उपचारका लागि आइसोलेसन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको पालिका तथा ट्राभल हिस्ट्री भने खुलाइएको छैन।

प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ भने ९१ जना निको भई डिस्चार्ज भएका छन्।

Related News

सम्बन्धित समाचार

    • चौरासी पूजापछि गाउँमा कोरोना

      Avatar तोलाकान्त बगाले वैशाख २४, २०७८
      वालिङ । वालिङ नगरपालिका १ धरमपानी गाउँमा बुधबार गरिएको एन्टिजेन परीक्षणमा १९ जनामा संक्रमण पुष्टि भएको छ । गाउँमा गत…
    • मनाङेको मन्त्रालयलाई अल्पकालीन बजेट

      धनबहादुर गुरुङ धनबहादुर गुरुङ वैशाख २४, २०७८
      पोखरा । गण्डकी प्रदेशमा सत्ताको खेल भइरहँदा यतिखेर चर्चामा छ, युवा तथा खेलकुद मन्त्रालय । मन्त्रालय भन्दा बढि हिट भए…
    • कास्की प्रशासनको नजरमा खाद्य पसल, १० हजार जरिवाना

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      पोखरा । कोरोना महामारीको समयमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बिहीबार बजार अनुगमन गरिएको छ । कास्की जिल्ला प्रशासनले जिल्लामा पसलहरुको…
    • गण्डकीका सांसद हरिशरण र पियारी थापालाई कोरोना

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      पोखरा । गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको छ । जनता समाजवादी पार्टी संसदीय दलका…
    • गण्डकी प्रदेशसभा बैठक २७ गते बस्ने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      पाेखरा । अन्याेलमा रहेकाे गण्डकी प्रदेशकाे विशेष अधिवेसनकाे अर्काे बैठक बैशाख २७ गते बस्ने भएकाे छ । बिहीबार बसेकाे कार्यव्यवस्था…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग