शुक्लागण्डकी जेसिसको क्वारेन्टिनमा सहयोग

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
Jesis

तनहुँ, ११ असार | शुक्लागण्डकी जेसिजले १८ औं स्थापना दिवस अवसरमा शुक्लागण्डकी नगरभित्रका क्वारेन्टिनमा खाद्य तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नगरको वडा ४ को पञ्चमुनिदेव मावि र वडा ६ को खैरेनी मावि र वडा ८ का गाउँ फर्कोदय माविमा निर्मित ३ वटा क्वारेन्टिनमा रहेका व्यक्तिहरु, सुरक्षाकर्मी, स्वास्थकर्मी लगायतलाई सहयोग सामग्री प्रदान गरिएको हो ।

वर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले ती सामग्री वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति अध्यक्षलाई हस्तान्तरण गरेका हुन् ।

वडा ८ का वडाध्यक्ष कृष्ण रेग्मीले जेसिसको रचनात्मक कार्यको लागि धन्यवाद दिए । त्यस्तै वडा ४ का अध्यक्ष शिवकुमार श्रेष्ठ र खैरेनीटार मावि विव्यास अध्यक्ष बुद्धिबहादुर थापाले सहयोगप्रति आभार प्रकट गरे ।

कार्यक्रममा शुक्लागण्डकी जेसिजका पूर्व अध्यक्षहरु विनोद राउत, भीम सुवेदी र युवराज भट्टराईले जेसिजले सामाजिक क्षेत्रमा गर्दै आएका क्रियाकलाप र जेसिजको काम कर्तव्य र उद्देश्यबारे बोलेका थिए ।

सामाजिक दूरी कायम गर्दै आयोजित कार्यक्रमको संयोजन ईश्वरकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जेसीजका क्षेत्रबहादुर थापा (क्षितिज) लगायत बोर्ड सदस्य र अन्य सदस्यको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width