एसओएस बालग्राम पोखरामा एसओएस दिवसको विविध कार्यक्रम

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
SOS Day

पोखरा । एसओएस बालग्राम गण्डकी, रामवजार पोखराले विभिन्न कार्यक्रमहरुको आयोजना गरेर ३४ औं अन्तर्राष्ट्रिय एसओएस दिवस मनाएको छ ।

उक्त अवसरमा बालग्रामले आयोजना गरेको विभिन्न खेलकुद लगायत अतिरिक्त कृयाकलापहरुमा विजयी बालबालिकाहरुलाई पुरस्कार वितरण र सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

यस पटकको कार्यक्रममा कोरोना महामारीका कारण वालग्रामभन्दावाहिरका कसैलाई पनि सहभागि गराइएको थिएन । वालग्रामले नेपाल भरिका एसओएस वालग्रामका वालवालिकाहरुबीच विभिन्न प्रकारका वौद्धिक विकास गर्न मद्धत पुग्ने कार्यक्रमहरु चित्रकला, वक्तृत्वकला, निवन्ध लेखन, हाजिरीजवाफ लगायतका कार्याक्रमहरु अनलाइनमार्फत आयोजना गरेको थियो ।

सोही अवसरमा वालग्राम तथा युवालयका वालवालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । एसओएस युवालय गण्डकीका योजना निर्देशक प्रदिपभक्त आचार्य र एसओएस हरमन माइनर विद्यालय गण्डकीका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठले मन्तव्य राखेका थिए ।

एसओएस दिवसको मूल कार्यक्रम एसओएस वालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठले सभापतित्व तथा धन्यवाद ज्ञापन गरेको कार्यक्रममा युवालयका सह–निर्देशक बाबुराम बरालले संचालन गरेका थिए ।

हरेक वर्षको २३ जुन तारिखमा एसओएस बालग्राम गण्डकी, रामबजार पोखराले अन्तराष्ट्रिय एसओएस दिवस मनाउँदै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width