स्थानीयको विरोधबीच शव व्यवस्थापन, ८ राउण्ड हवाईफायर

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
104708266_977730192664887_7340863291659482863_n

पोखरा, ११ असार। कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीबार पनि स्थानीयले विरोध जनाएका छन् ।

उपचारक्रममा गएराति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्नेक्रममा पोखरा महानगरपालिका वडा ३२, मजुवाका स्थानीयले विरोध जनाएका हुन् । सोक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।

पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नपाइने भन्दै विरोधमा उत्रिएका थिए । प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीबार दिउँसो शव व्यवस्थापन सम्भव भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए । स्थानीयले तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइफायर गरी तितरबितर पारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ ।

कास्कीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुवास हमालका अनुसार ८ राउण्डसम्म हवाइफायर गरिएको हो । त्यस्तै, ८ जना युवालाई नियन्त्रणमा लिएको छ ।गत जेठ ८ मा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका स्याङ्जाका ५५ वर्षीय ती पुरुषको बुधबार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो ।

कोरोना संक्रमित उनी मधुमेह र निमोनिया रोगबाट समेत ग्रसित रहेको अस्पतालमा निर्देशक डा। अर्जुन आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनलाई उपचारक्रममा सुरुवातमा आईसीयूमा राखिएकोमा श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

गण्डकी प्रदेशमा योसहित कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । गत जेठ २३ मा स्याङ्जा वालिङका ५८ वर्षीय अर्का पुरुषको पोखरामै उपचारक्रममा मृत्यु भएको थियो । उनको शव व्यवस्थापन गर्नेक्रममा समेत हम्मेहम्मे भएको थियो । पछि प्रहरीले जबर्जस्ती पोखरा ११ र २० को सीमा सेती किनारमा खाल्डो खनेर शव गाडेको थियो । प्रदेश सांसद, वडाका जनप्रतिनिधि र स्थानीय विरोधमा उत्रिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठीचार्ज गर्नुपरेको थियो ।

गण्डकी प्रदेशमा गएको १ महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । जेठ ११ सम्म मात्र ५ जना कोरोना संक्रमित रहेको गण्डकीमा हाल बढेर ७ सय ५३ पुगेको छ । बिहीबार थप ११ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा।विनोदबिन्दु शर्माले जानकारी दिए ।

प्रदेश सरकारले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आइसोलेसन बार्डसमेत बढाउने तयारी गरेको जनाएको छ । प्रदेशमा खासगरी नवलपुर, बागलुङ, पर्वत, स्याङ्जा र तनहुँमा रहेका आइसोलेसन बार्डको क्षमता दोब्बर बनाइने तयारी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width