गण्डकी अस्पतालमा आकष्मिकबाहेकका अन्य सेवा बन्द

रासस
असार ११, २०७७
photo-151

पोखरा, ११ असार । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ ।

अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुबारीका पुरुषमा मधुमेह र निमोनियाको समेत समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही असार ८ गते पोखरा ल्याएर भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । डा आचार्यका अनुसार आज शव व्यवस्थापन गरिएपछि शुक्रबारदेखि सबै सेवा नियमित सञ्चालन हुनेछ ।

गण्डकीमा यसअघि जेठ २५ गते स्याङ्जा, वालिङ -३ का ५८ वर्षीय पुरुषको क्षेत्रीय अस्पतालको आइसोलेशनमा मृत्यु भएको थियो । आज बिहान चार जिल्लाका ११ जनामा सङ्क्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा सङ्क्रमित ७५३ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उपचाररत सङ्क्रमितमध्ये गण्डकीमा ९१ जना निको भएर घर फर्किसकेका छन् ।

Related News

सम्बन्धित समाचार

  • प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग…
  • सुरु भयो पदयात्राको याम

    रासस असाेज ४, २०८१
    रामबहादुर थापा गण्डकी, ४ असोज । शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु भएको छ । असोज–कात्तिक र चैत–वैशाखको याम…
  • दिगो पर्यटकीय अभ्यासमा टानको सचेतना

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीले दिगो पर्यटकीय अभ्यास र वातावरणीय अपराध रोकथामसम्बन्धी सचेतना कार्यक्रम गरेको छ…
  • पश्चिमाञ्चलका विद्यार्थीलाई प्रशिक्षण

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । विद्यार्थीमा नेतृत्व सीप विकास गराउने उद्देश्यले गैह्रापाटनस्थित पश्चिमाञ्चल माविका विद्यार्थीलाई नेतृत्व विकास सीपको तालिम दिइएको छ । विद्यालयमा…
  • एकीकृत अखिल शिक्षक संगठनको सम्मान

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । एकीकृत अखिल नेपाल शिक्षक संगठन कास्कीले आफ्नो प्रथम जिल्ला परिषद्का अवसरमा शैक्षिक क्षेत्रमा योगदान गरेका विभिन्न व्यक्तिलाई पोखरामा…

hero news full width