धनकुटाका सयबढीले गरिदिए भाडामा मिनाहा

आदर्श समाज सम्वाददाता
असार ११, २०७७
ccip5

धनकुटा ११ असार । धनकुटाका एक सय भन्दा वढीले घरभाडा मिनाहा गरिदिएका छन् ।

धनकुटा उद्योग बाणिज्य संघको तर्फबाट धनकुटाको व्यापारिक केन्द्र हुलाकटोल क्षेत्रमा संघका अध्यक्ष विजय सन्तोषी राई,कार्यकारी सदस्यहरु रेजिना पलिखे,रेवती प्रसाद अधिकारी लगायतको टोली पुगी घरभाडा मिनाह गर्न घरधनीलाई आग्रह गरेको थिए ।

धनकुटाको व्यापारिक केन्द्र हुलाकटोलमा धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष तथा समाजसेवी जंगबहादृर राई,धनकुटा अस्पताल विकास समितिका पूर्व अध्यक्ष तथा यूवा समाजसेवी सुनील कुमार डंगोल,राम डंगोल,सुशील डंगोल,वडा नं. ७ का वडा सदस्य सन्देश आडपहरिया,पुस्तकमाया राई, समाजसेवीहरु हर्क राई,बिना राई रोशन श्रेष्ठ,अनिता श्रेष्ठ,इन्द्रराज उदास,समिर खान,नगेन्द्र श्रेष्ठ,प्रमिला जोशी,इश्वर श्रेष्ठ,निर्मला श्रेष्ठ,देव कुमार लिम्बु,प्रकाश श्रेष्ठ,शोभा श्रेष्ड,इश्वर श्रेष्ठ,सकुन्तला श्रेष्ठ,शैलेस श्रेष्ठ,रुना प्रधान श्रेष्ठ लगायतले व्यापारी तथा व्यावसायीहरुलाई घर भाडा मिनाहा गरी संकटमा सहयोग गरेका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width