चट्याङ लागेर सप्तरीमा ४ जनाको मृत्यु

एजेन्सी
असार ११, २०७७
17113236 – clouds and thunder lightnings and storm

सप्तरी, ११ अहसार । सप्तरीमा आज (बिहीबार) बिहान चट्याङ्लागेर चार जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तिलक भारतीका अनुसार सप्तरीका डाक्नेश्वरी नगरपालिकामा एक जना, महादेवा गाउँपालिकामा दुई जना र राजगढ गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। साथै राजगढकै एक युवती घाइते भएकी हुन्।

बिहीबार बिहान पौन ८ बजेतिर परेको चट्याङले लाग्दा डाक्नेश्वर नगरपालिका वडा नम्बर ९ की ३० वर्षीया ललितादेवी यादव, महादेवा गाउँपालिका वडा नम्बर २ का ६० वर्षीय छेदी ठाकुर र २७ वर्षीय बेचन यादव तथा राजगढ नगरपालिका वडा नम्बर ४, बेचीचपेनाका ४६ वर्षीय केसीलाल साहको मृत्यु भएको डीएसपी भारतीले जानकारी दिए । यस्तै सोही ठाउँकी १८ वर्षीया आशा मण्डल घाइते भएको उनले बताए।‘सबै ठाउँमा घटना त्यस्तै बिहान ८ बजे आसपास भएका हुन्,’ डीएसपी भारतीले भने । ‘दुई जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचार गर्न लाँदै गर्दा मृत्यु भएको हो।’

Related News

सम्बन्धित समाचार

hero news full width