पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा विकास गरिने

रासस
असार ११, २०७७
panchakoshi-lake-Panchase-image-buddha-air-Yatra-Magazine

पोखरा, ११ असार । पोखरा महानगरपालिकाले पञ्चासे क्षेत्रलाई सुनाखरी संरक्षण क्षेत्रका रुपमा अघि बढाउने तयारी गरिएको छ । महानगरपालिकाको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पञ्चासेलाई सुनाखरी संरक्षण क्षेत्रको रुपमा अगाडि बढाउन बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्टेसन बाँध निर्माण तथा जलाधार क्षेत्र संरक्षण कार्य सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । यस वर्ष १५ किलोमिटर सडक किनारामा वृक्षरोपण गरिने उल्लेख गर्दै महानगरपालिकाले नदी किनारामा बाँस, अम्रिसो लगायतका बिरुवा रोप्ने कार्य अभियानका रुपमा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ ।

राष्ट्रिय विभूति तथा शहीद पार्कमा पोखरा ब्यानर निर्माण तथा पैदलमार्ग निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरिएको उपप्रमुख गुरुङले बताए । खुल्ला स्थानमा सर्भिस स्टेशन तथा जग्गाको उपलब्धता हेरि सार्वजनिक शौचालय निर्माणको लागि बजेट छुट्याइएको जानकारी दिँदै उनले हल्लनचोकमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने गरी ९६ लाख बजेट विनियोजन गरिएको बताए ।

सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला, भोटीखोलालगायत नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न बजेट छुट्याइएको छ । ताल, पोखरी र चौतारी संरक्षणका लागि आगामी आवमा निरन्तरता दिने महानगरपालिकाले जनाएको छ । कालिका पोखरी तथा कश्यप ताल संरक्षणको लागि डिपिआरअनुरुप निर्माण शुरु गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताए ।

Related News

सम्बन्धित समाचार

  • आज कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

    रासस चैत्र ३०, २०८०
    काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…
  • अझै दुई दिन पानी पर्ने

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०८०
    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न…
  • तारेपहरो डम्ठी वनमा दुर्गादत्त

    आदर्श समाज सम्वाददाता फागुन ९, २०८०
    पोखरा ।  अन्नपूर्ण गाउँपालिका वडा नं. १ र २ स्थित तारेपहरो डम्ठी सामुदायिक वन उपभोक्ता समूहको ११ औं साधारणसभा तथा…
  • पोखरामा मनाइयो विश्व सिमसार दिवस

    आदर्श समाज सम्वाददाता माघ २१, २०८०
    पोखरा । सन् १९९७ देखि रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरी स्मरण गर्दै पोखरामा विश्व सिमसार दिवस मनाइएको छ…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत

    आदर्श समाज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा आयोजना…

hero news full width