बागलुङमा आउन चाहँदैनन् सहायक प्रजिअ

राजेशचन्द्र राजभण्डारी
असार ११, २०७७
DSC_1170

बागलुङ, ११ असार । बागलुङ जिल्लामा दुई बर्ष देखि सहायक प्रमुख जिल्ला अधिकारी नआउदा जनताले काममा सास्ती ब्यहोर्नु परेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा सरकारले प्रमुख जिल्ला अधिकारी सहसचिव स्तररको राखे संगै जिल्लामा गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी सरूवा गरेर पठाए पनि विगत २ वर्षदेखी आएका छैनन्।

२०७५ साल जेष्ठ २४ गते प्रशासन कार्यालयका सहायक प्रजिअ नारायण पाण्डे सरूवा भएर गएपछि अहिले दुई बर्ष बितिसक्दा समेत कोही पनि नआउदा प्रशासनमा हुने दैनिक काममा समेत यसले प्रभाव पारेको छ।

सरकारले बागलुङ लाई( क )जिल्लाको रूपमा स्तर बृद्धि गरि उपसचिवको ठाउँमा सहसचिव दरबन्दी कायम गरेपनि जिल्ला भने उपसचिव लाई प्रजिअको जिम्मेवारी दिएर पठाउने गरेको कारणले पनि जिल्लामा सहायक प्रजिअ आउन नचाहेको पाईएको छ।

सहायक प्रजिअ नहुदा कतिपय महत्त्वपूर्ण काम तथा पदीय जिम्मेवारीका काम समेत दुई बर्ष देखि अबरुद्ध भएको मात्रै छैन प्रशासनमा सेवा लिन आउने सेवाग्राही मर्कामा पर्ने गरेको अधिकारकर्मी राम शर्माले वताए।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने वजार अनुगमन लगाएतका काम हुन नसक्दा उपभोक्त ठगिदै आएको शर्माले वताए।

जिल्लामा सहायक प्रजिअ चाहियो भनेर पटकपटक माग गर्दासमेत नआउदा काममा समस्या देखिएको ,सहायक प्रजिअ नहुदा सेवाग्राही मर्कामा परेको सेवाग्रहीले गनुसो गर्ने गरेका छन्।

बागलुङ जिल्लामा सहायक प्रजिअ अहिलेसम्म किन आएनन् भन्ने प्रश्नको जवाफमा जिल्ला प्रशासन कार्यलयका सरोकारवालाले कुनै प्रतिक्रिया दिन चाहेनन्।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ लाई लक्षित गरि देशमा बन्दाबन्दी गरेपछि जिल्लामा प्रशासनमा कामको चाप ह्वात्तै बढेपनि गृह मन्त्रालयले बागलुङका लागि सरूवा गरेको सहायक प्रजिअलाई काठमाडौ मै हाजिर गराएर बन्दबन्दीको बेलामा पहुँचको आधारमा राख्ने काम गर्दा जिल्लामा सेवाग्राही मर्कामा परेको मात्रै छैन सरकारी काममा समेत ढिलासुस्ती हुन पुगेको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै

    आदर्श समाज सम्वाददाता असाेज ४, २०८१
    पोखरा । गण्डकी सरकारले बनाएर कार्यान्वयनमा रहेका केही कानून संशोधन गर्ने भएको छ । केही गण्डकी प्रदेश ऐन संशोधनको विधेयक…
  • पोखरामा मनाइयो संविधान दिवस

    रासस असाेज ३, २०८१
    गण्डकी, ३ असोज । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण पालना र कार्यान्वयनमा राज्यका सबै अंगहरूले निष्पक्ष र न्यायपूर्ण…
  • मन्त्री केसीद्वारा झोलुंगे पुल उद्घाटन

    आदर्श समाज सम्वाददाता असाेज ३, २०८१
    पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले पोखरा २५ मा निर्मित चौर अम्बोट झोलुंगे…
  • माछापुच्छ्रेमा बाल संवाद

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ माछापुच्छ्रे गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस ‘बाल संवाद’ कार्यक्रम गरी मनाइएको…
  • माओवादी पहिलोपल्ट प्रमुख प्रतिपक्षी

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    पोखरा । गण्डकी प्रदेशसभाको बैठक झण्डै ७० दिनपछि बुधबार बस्यो । बैठकमा पहिलोपल्ट माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको हैशियतमा रह्यो…

hero news full width