पोखरामा थपिए ४ नयाँ संक्रमित, गण्डकी प्रदेशभर कुल ७४२

आदर्श समाज सम्वाददाता
असार १०, २०७७
Corona_2

पोखरा, १० असार  । गण्डकी प्रदेशमा नयाँ १३ जना कोरोना संक्रमित भेटिएका छन् । योसहित कुल संक्रमित संख्या ७ सय ४२ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षमा प्रदेशका कास्की, गोरखा र स्याङ्जा जिल्लामा गरी १३ नयाँ संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार साँझ विज्ञप्ति जारी गरी पुष्टि गरेको हो ।

जसअनुसार कास्कीको पोखराका ४ जना पुरुषहरुमा संक्रमित देखिएका छन् । उनीहरुको उमेर समूह २०, २३, ३० र ३६ वर्षको छ ।

यस्तै, गोरखाको गण्डकी गाउँपालिकाका वर्ष १५ र ७७ वर्षका गरी २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । कास्की र गोरखामा भेटिएका संक्रमितहरुको परीक्षण पोखरामा भएको हो ।

उता, काठमाडौंमा भएको परीक्षणमा स्याङ्जाका १ महिला सहित ७ जनामा कोरोना पुष्टि भएको छ । गल्याङ नगरपालिकाका ४२ वर्षीया महिला कोरोना संक्रमित भएकी छन् ।
यस्तै, गल्याङकै वर्ष २४ का २ जना पुरुषसहित वर्ष २१, २८, २९ र ३१ का पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

बुधबार बिहानमात्रै ३२ जना नयाँ संक्रमित फेला परेका थिए भने मंगलबार १ सय ४ जनामा कोरोना पुष्टि

गण्डकीमा बुधबार बिहानमात्रै ३२ जना नयाँ संक्रमित फेला परेका थिए भने मंगलबार १ सय ४ जनामा कोरोना पुष्टि भएको थियो ।

स्याङ्जा जिल्लाका नयाँ संक्रमितलाई आइसोलेसनमा राखिएको छ भने अन्य जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आइसोलेन बार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width