गण्डकीमा थपिए १०४ संक्रमित, पुगे ७ सय नजिक

आदर्श समाज सम्वाददाता
असार ९, २०७७
Corona_2

पोखरा, ९ असार । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या ६ सय ९७ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार राति विज्ञप्ति जारी सो को पुष्टि गरेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालासहित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको नमुना परीक्षणमा प्रदेशका बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर र गोरखाका संक्रमित फेला परेका हुन् । गण्डकी प्रदेशले कोरोना संक्रमितको संख्या एकाएक बढ्न थालेपछि आइसोलेसन बार्ड समेत थप्ने तयारी गरेको जनाएको छ ।

हेर्नोस् विज्ञप्ति: 

Related News

सम्बन्धित समाचार

hero news full width