पाल्पा पहिरोमा परेका ३ जनाको सनाखत

आदर्श समाज सम्वाददाता
असार ९, २०७७

पोखरा, ९ असार । पाल्पाको तानसेन-हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा सोमबार पहिरोले गाडी बगाउँदा मृत्यु हुनेहरुको सनाखत भएको छ ।

मुत्यु हुनेमा चितवन भरतपुर नगरपालिका–२९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ, पाल्पा रिब्दीकोट गाउँपालिका–२ देउरालीका ३२ वर्षीय भुवन खाम्चा र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए ।

पहिरो खस्दा अवरुद्ध तानसेन–११ को सो सडकखण्डमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन मंगलबार बिहानदेखि सञ्चालनमा आएका छन् ।

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा भेटिएको छ ।
लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

२ जनाको शव घटनास्थलमै भेटिएकोमा १ घाइतेको उपचारक्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।

सोमबार साँझ साढे ५ बजेतिर खसेको पहिरो झण्डै डेढ सय मिटर लामो थियो । उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीय खटिएको पाल्पाका प्रजिअ रमेश न्यौपानेले जानकारी दिए ।

पहिरो गएको क्षेत्र सदरमुकाम तानसेनदेखि करिब ७ किमी पश्चिममा पर्छ । तानसेन नगरपालिकाले सो सडकखण्डमा सडक विस्तार गर्दैआएको छ ।

Related News

सम्बन्धित समाचार

  • बन्दीपुर घुम्न आएका विदेशीलाई दसैंको टीका

    रासस असाेज २७, २०८१
    दमौली ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दङ्ग परेका छन् । केही…
  • कालिका मन्दिरमा चार लाख दर्शनार्थी

    रासस असाेज २६, २०८१
    गलकोट । यहाँको बागलुङ कालिका मन्दिरमा बडादसैँको अवधिमा चार लाख दर्शनार्थीले दर्शन गरेका छन् । घटस्थापनादेखि नवरात्रसम्म चार लाख दर्शनार्थीले…
  • बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

    रासस असाेज २६, २०८१
    सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिका–६ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।…
  • कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’

    रासस असाेज २६, २०८१
    सोलुखुम्बु । दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई…
  • राष्ट्रपतिद्वारा विजया दशमीको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज २६, २०८१
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना…

hero news full width