विदेशबाट आएको युवा सिधै गाउँमा पुगेपछि गाउँलेमा त्रास

आदर्श समाज सम्वाददाता
असार ९, २०७७
madi gaupalika

पोखरा, ९ असार । कास्कीको मादीगाउँपालिका– ४ तारकाङमा ओमनबाट आएका १ जना युवाले क्वारेन्टाइन नियम पालना नगरेपछि उनीसहित उनको सम्पर्कमा आएका ११ जनाको मंगलबार पिसीआर टेष्ट गरिएको छ ।

ती युवा गाउँमा आएको थाहा भएपछि वडाध्यक्ष सत्यराज सापकोटाले क्वारेन्टाईमा राख्न खोज्दा उल्टै धम्क्याएका थिए । ती युवाकाे परिवार आइतबारदेखि होम क्वारेन्टाइनमा छन् । उनको सम्पर्कका रहेका अन्य व्यक्ति पनि होम क्यारेन्टाइनमा रहेको जानकारी वडाध्यक्ष सापकोटाले दिए ।

केही दिनमा नै उनीहरुको कोरोना संक्रमण भएनभएको रिपोट केही दिनमा नै आउने छ, वडाध्यक्ष सापकोटाले भने, ‘ती युवामा संक्रमण नभए त राम्रै हुन्थ्यो । कास्की प्रशासन तथा प्रहरीले गाउँपालिका र जनप्रतिनिधिसँग समन्वय नगर्दा समस्या देखिएको बताइएको छ । गाँउमा यतिबेला कोरोना फैलिने हो की भन्ने त्रास फैलिएको छ ।

यस अघि नै मादी गाउँपालिकाका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएका १९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीसँगै आएका अर्का १ जनाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।भारतबाट आएका २ युवासहित परिवारका अन्य ३ सदस्यको पिसिआर जाँचका लागि २७ जेठमा स्वाब संकलन गरिएको थियो । ७ असारमा मात्रै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराले रिपोर्ट सार्वजनिक ग¥यो, १ जनामा संक्रमण पुष्टि भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width