इङ्लिस प्रिमियर लिगमा सिटीको सहज जित

आदर्श समाज सम्वाददाता
असार ९, २०७७
pri155394482

पोखरा । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष दोस्रो स्थानको म्यानचेस्टर सिटीले बर्नलेमाथि ठूलो अन्तरले जित निकालेको छ ।

सिटीको उक्त जितमा फिल फोडेन र रियाद मेहरेजले २÷२ र डेविट सिल्भाले गोल गर्दा सिटीले १० औं स्थानको बर्नलेलाई ५–० ले हरायो ।

सिटीको मैदानमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो । २२ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यस्तै, ४३ औं मिनेटमा रियाद मेहरेजले गोल गरेपछि सिटीले दुई गोलको अग्रता लियो । पहिलो हाफको इन्जूरी समयमा सिटीले पेनाल्टी पायो । जसलाई मेहरेजले गोलमा परिणत गरे ।

दोस्रो हाफमा सिटीले २ गोल ग¥यो । खेलको ५१ औं मिनेटमा डेविड सिल्भाले गोल गर्दै सिटीलाई ४–० को अग्रता दिलाए । खेलको ६३ औं मिनेटमा फोडेनले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ५–० को जित निकाल्यो  । जितसँगै सिटीले प्रिमियर लिग तालिकामा ६३ अंक बनाएको छ । बर्नलेको ३९ अंक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width