बेँसीशहर-चामे सडक पुनःसञ्चालन

रासस
असार ९, २०७७
sadak-pahiro

सांकेतिक तस्वीर ।

लमजुङ, ९ असार । अविरल वर्षाले पहिरो जाँदा अवरुद्ध बेँसीशहर-चामे सडक पुनःसञ्चालन भएको छ । पहिरो जाँदा सोमबार बिहानदेखि विभिन्न स्थानमा पहिराले अवरुद्ध सडक गए रातिदेखि चलेको हो ।

लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित च्याम्चे, रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा एक्साभेक्टरको माध्यमबाट पहिरो पन्छाई सवारीसाधन सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय दमौली तनहुँका इञ्जिनीयर सुनम अधिकारीले बताए । उनका अनुसार सबैभन्दा बढी च्याम्चेमा करीब २० मिटर सडक अवरुद्ध भएको थियो ।

अहिले पहिरो हटाइए पनि कुनै पनि बेला सोही स्थानलगायत विभिन्न स्थानमा वर्षाले बेँसीशहर-चामे सडक अवरुद्ध हुन सक्ने उनको भनाइ छ । बेँसीशहरदेखि मनाङसम्मको ६५ किलोमिटरको सडक गत शनिबार विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width