प्रतिलिपि अधिकार विधेयक विधायन समितिमा

रासस
असार ९, २०७७
rastriya-sabha-griha

काठमाडौँ, ९ असार । राष्ट्रियसभाको आजको बैठकले ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उक्त प्रस्ताव गरेका थिए । राष्ट्रियसभाको आजको बैठकमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ र ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६’ पारित गर्ने तयारी गरिए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यसूचीबाट हटाइएको जानकारी दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार ११ गते बिहान ११ बजे बस्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width