पोखरा, ९ असार । मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको शाखा कार्यालय पार्वतीपुर, चितवनबाट लघु कर्जा लिएकी बिष्णुमाया दर्जीको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणकाे साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
बैंकले निजले लिएको बिनाधितो कर्जाको भुक्तान गर्न बाँकी रकम २२ हजार चार सय ९९ मिनाह गरेको छ । साथै निजले कर्जा लिई भुक्तान गरिसकेको साँवा र ब्याज २ लाख ३ हजार चार सय ८३ रुपैयाँ बैंकको पार्वतीपुर शाखाका शाखा प्रमुख सन्तोष तिवारी र साना तथा लघुबैंकिङ्ग डेस्क प्रमुख ढुण्डराज पौडेलले मृतककी छोरी विनिता दर्जीलाई श्रीमान् बाबुराम दर्जीको रोहोबरमा संयुक्त रुपमा हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
बैंकले समुहमा आवद्ध र बिनाधितो कर्जा उपभोग गरेका सदस्यको मृत्युभएमा बाँकी कर्जा र ब्याज मिनाह गरी भुक्तानी गरिसकेको सावाँ ब्याज फिर्ता गर्नुको साथै काजक्रिया खर्च समेत उपलब्ध गराउँदै आईरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१