पहिरो जाँदा पृथ्वीराजमार्ग अबरुद्ध

अञ्जनराज न्यौपाने
असार ९, २०७७
Screenshot_2020-06-23-11-09-08-1-1

तनहुँ, ९ असार । वर्षासँगै आएको पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् ।

सोमबार रातिदेखि आँबुखैरेनी–मुग्लिन सडकखण्ड अन्तरगत ऐनापहरा भन्ने स्थानमा पहिरो खस्दा उक्तसडक खण्ड अबरुद्ध बनेको हो। पहिरोको कारण सडक अबरुद्ध भएपछि हजारौं यात्रुहरु अलपत्र परेका हुन् ।

सडकमाथिबाट खसेको पहिरो हटाउने कार्य सुरु भएको छ । निरन्तर ढुंगा खसिरहेकोले सडकबाट पहिरो हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले वताए ।

बैकल्पिक बाटो नहुँदा पहिरोका कारण अत्यावश्यक मालबाहक सवारीसाधन र ईमर्जेन्सी विरामी बोकेका एम्बुलेन्सहरुपनि रोकिएका छन् । यतिबेला डोजर लगाएर बाटो पन्छाउने काम धमाधम भैरहेको निरीक्षक क्षेत्रीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width