पोखरा, ८ असार । पाल्पाको तानसेन–हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा पहिरोले ४ सवारी बगाएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने १ घाइते छन् । मृत्यु र घाइते हुने सबै पुरुष हुन् ।
साँझ साढे ५ बजेतिर पहिरो खस्दा ट्याङ्कर, बोलेरो जीप, कार र मिनी ट्रक गरी ४ सवारीसाधन बगाएको हो । ती सवारीको नम्बर खुलेको छ । जसमा लु २ ख १३७६ नम्बरको मिनी ट्रक, लु १ त १९२८ नम्बरको तेल बोकेको ट्याङ्कर, लु १च ७०११ नम्बरको कार र लु१च ७०४३ नम्बरको पिक अप भ्यान रहेको पाल्पा प्रहरीले जनायो । ती सबै सवारीसाधन तानसेनदेखि हार्थोकतिर जाँदै थिए ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने, ‘पहिरो जाँदा ४ सवारीसाधन बगाएको हो । कति मानिस हताहत भए भन्नेबारेमा यकिन विवरण आइसकेको छैन । अहिलेसम्म २ जना शव भेटिएको र १ घाइतेको उपचारका लागि अस्पताल लगिएको छ ।’
पहिरोमा परी कुन सवारीसाधनमा सवार मानिसको मृत्यु हो भन्ने खुलेको छैन । घाइतेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचारार्थ लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीय खटिएका छन् ।
अविरल वर्षापछि सो सडकखण्डमा पहिरो गएको हो । पहिरो गएको क्षेत्र सदरमुकाम तानसेनदेखि करिब ७ किमी पश्चिममा पर्छ ।
तानसेन नगरपालिकाले सो सडकखण्डमा सडक विस्तार गर्दैआएको छ । पहिरो डेढ सय मिटर लामो छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
४ सवारी पुरिँदा ३ को मृत्यु
पोखरा, ८ असार ।
पाल्पाको तानसेन–हार्थोक सडकखण्डअन्तर्गत सम्माबारीमा पहिरो जाँदा ४ सवारीसाधन पुुरिएका छन् । घटनामा ३ जनाको मृत्यु भएको छ । उनीहरु सबै पुरुष भएपनि सनाखत हुन सकेको छैन ।
सोमबार साँझ साढे ५ बजेतिर पहिरो खस्दा लु २ ख १३७६ नम्बरको मिनी ट्रक, लु १ त १९२८ नम्बरको तेल बोकेको ट्याङ्कर, लु १च ७०११ नम्बरको कार र लु१च ७०४३ नम्बरको पिक अप भ्यान परेका हुन् । ती सबै तानसेनदेखि हार्थोकतिर जाँदै थिए ।
२ जनाको शव घटनास्थलमै भेटिएकोमा १ घाइतेको उपचारक्रममा मिसन अस्पतालमा मृत्यु भएको हो ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले ४ सवारीसाधन परेको पुष्टि गर्दै पहिरोमा परेका सवारीमध्ये कुनमा कति थिए भन्नेबारे विस्तृत विवरण नआइसकेको बताए । पहिरो डेढ सय मिटर लामो छ ।
उनका अनुसार भ्यान र प्राइभेट कार उद्धार गरिएको छ भने अन्य २ सवारी पहिरोको तल्लो भागमा छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले सोमबार साँझैसम्म उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी सहित स्थानीय खटिएको बताए ।
पहिरो गएको क्षेत्र सदरमुकाम तानसेनदेखि करिब ७ किमी पश्चिममा पर्छ । तानसेन नगरपालिकाले सो सडकखण्डमा सडक विस्तार गर्दैआएको छ ।
updated
Related News
सम्बन्धित समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१