सांसद मनाङले दिए संसदीय समितिबाट राजीनामा

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
dipak manange

फाइल तस्बिर

पोखरा । मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले विकास समितिबाट राजीनामा दिएका छन् ।

२०७५ फागुनमा उनलाई विकास समिति सदस्यमा नियुक्त भएका उनले समितिको काम प्रभावकारी नभएको भन्दै समितिका सभापति दीपक कोइरालालाई राजीनामा बुझाएका हुन् । ‘राजीनामा पत्र दिनुभएको छ । त्यो पत्र मैले नेकपाका प्रमुख सचेतक ज्यूलाई दिएको छु,’ सभापति कोइरालाले भने, ‘समितिमा कसलाई राख्ने भन्ने जिम्मेवारी प्रमुख सचेतकलाई हुन्छ । त्यसैले राजीनामा स्वीकृत गर्ने वा नगर्ने दलबाट निर्णय भएपछि मात्रै हुन्छ ।’

गण्डकी प्रदेशमा प्रत्येक सांसद कुनै न कुनै समितिमा रहनुपर्ने बाध्यकारी ब्यवस्था छ । ‘मैले वहाँलाई यसमा नबसेपनि अर्को समितिमा बस्नुपर्छ भनेको छु । अलि सक्रिय समिति यही भएकोले यसैमा रहन पनि आग्रह गरेको हो,’ उनले भने, ‘तर खेलकुदमा भ्रष्टाचार छ म त्यो खेलकुद हेर्ने समितिमा जान्छु भनेर पत्र दिएका हुन् ।

मनाङेले पनि समितिमा बस्नुको औचित्य नरहेकोले राजीनामा दिएको बताए । ‘अनुगमन गरेको छ । कारबाही गर्न पाईंदैन । जताततै भ्रष्टाचार छ,’ उनले भने, ‘कारबाही नगर्ने र अनुगमन गरेर रिपोर्ट मात्रै बुझाउने भए त्यहाँ बसेर के काम ?’ २०७५ मागमा सांसदको सपथ लिएका उनी हालसम्म एकपटक पनि नबोल्ने सांसद हुन् । तत्कालीन एमालेको समर्थनबाट विजयी मनाङे २०७६ असारमा नेकपा प्रबेश गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width