जङ्गली च्याउ खाँदा पाँच बिरामी

रासस
असार ८, २०७७
images

तुलसीपुर, ८ असार । दाङमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् ।

जङ्गलबाट ल्याइएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका वडा नं ८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर -५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए । आइतबार बेलुका उनीहरुले जङ्गलबाट ल्याइएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको गम्भीरावस्था छ ।

Related News

सम्बन्धित समाचार

hero news full width