लायन्सको चौथो क्याबिनेट मिटिङ

Avatar आदर्श समाज सम्वाददाता
असार ८, २०७७

पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १, नेपालको चौथो क्याबिनेट मिटिङ असार ९ गते मंगलबार बस्ने भएको छ ।

कोरोना संक्रमणको महामारी र लकडाउनका कारण जुम प्रविधिको माध्यमबाट क्याबिनेट मिटिङ गर्न लागिएको डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालले जानकारी दिइन् । याबिनेट मिटिङको उद्घाटन लायन्सका पास्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले गर्ने बताइएको छ । ‘कि नोट स्पिकर’मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्यमशीलता सम्बन्धी मन्तव्य राख्ने कार्यक्रम छ ।

कोरोना महामारीको समयमा राहत वितरण लगायत सामाजिक सेवामा उत्कृष्ट कार्य गरेका लायन लिडरहरुलाई सम्मानसमेत हुने जनायउको छ । क्याबिनेट मिटिङको होस्ट लायन्स क्लब अफ पोखरा मिड टाउनले गर्ने जनाइएको छ ।

हाम्रो सुझाव