पूर्वी नवलपुरमा कोरोना संक्रमितको संख्या १५६

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
Coronavirus_world_2

नवलपुर, ८ असार । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या १५६ पुगेको छ ।पूर्वी नवलपरासीमा सोमबार २४ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या १ सय ५६ पुगेको हो ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्तिमा बौदीकालीका थप ८ जनामा संक्रमण देखिएको हो ।त्यसैगरी चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा गैडाकोटको दुई जना र बुलिङटारको १४ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

संक्रमित सबैलाई रजहरको प्राकृतिक चिकित्सालयमा उपचारका लागि लैजाने तयारी भईरहेको छ ।अहिलेसम्म नवलपुरको सबैभन्दा बढी मध्यविन्दु नगरपालिकामा ३९ जना संक्रमित भेटिएका छन् । त्यसैगरी हुप्सेकोट गाउँपालिकामा ३२ जना, बुलिङटार गाउँपालिका २७ जना, बौदीकाली गाउँपालिकामा २२ जना, विनयी त्रिवेणी गाउँपालिकामा १३ जना, संक्रमित भेटिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।त्यसैगरी देवचुली नगरपालिकामा ९ जना, गैडाकोट नगरपालिकामा ८ जना र कावासोती नगरपालिका ६ जना संक्रमित भेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width