सञ्जिवकुमार ढुङ्गेल टेबल टेनिसको मुख्य प्रशिक्षकमा नियुक्त

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Sanjeev Dungel

पोखरा । राष्ट्रिय खेलकुद परिषद्ले टेबल टेनिसको मुख्य प्रशिक्षकमा सञ्जिवकुमार ढुङ्गेललाई नियुक्त गरेको छ ।

यसअघिका मुख्य प्रशिक्षक ५८ वर्षीय विनोद शाक्यले उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ४९ वर्षीय ढुङ्गेललाई जिम्मेवारी दिइएको हो ।

यसअघि, ढुङ्गेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका हुन् । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् । गएको मंसीरमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा ढुङ्गेल नेपाली टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

घरेलु भूमी नेपालमै भएको १३ औँ सागमा नेपालले टेबल टेनिसमा १ रजत र ४ कास्य पदक जितेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width