इङ्लिस प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो हार

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Arsenal vs Brighton

पोखरा । कोरोना संक्रमणको महामारीपछि सुचारु इङ्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो हार ब्यहोरेको छ ।

तीन महिना लामो समयसम्म स्थगित प्रिमियर लिग सुचारु भएपछि आर्सनलले खराब प्रदर्शन गर्दै आएको हो । पहिलो खेलमा शीर्ष दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ३–० को लज्जाजनक हार ब्यहोरेको आर्सनलले दोस्रो खेलमा ब्राइटनसँग २–१ को हार खेप्यो ।

शनिबार राति भएको खेलमा ब्राइटनका लेविस डंक र नेल माउपेले गोल गरे । आर्सनलका निकोलस पेपेले गोल गरेका थिए । खेलका ३ वटै गोल दोस्रो हाफमा सम्भव बनेको थियो । दोस्रो हाफको ६८ औं मिनेटमा डिबक्सको लेफ्ट कर्नरबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई अग्रता दिलाएका थिए । पेपेले आर्सनललाई दिलाएको उक्त अग्रता लामो समय टिकेन । त्यसको ७ मिनेट पछाडी नै ब्राइटनले आर्सनलको अग्रतालाई तोडिदियो । दोस्रो हाफको ७५ औं मिनेटमा ब्राइटनका डंकले गोल गर्दै खेललाई बरारीमा ल्याए । इन्जुरी समयमा माउपेले गोल गरेपछि आर्सनल स्तब्ध बन्यो ।

यसैगरी, शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटी बराबरीमा रोकिएको छ । रेलिगेसन जोनमा रहेको वाटफोर्डसँग १–१ को बराबरीमा लेस्टर रोकिएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ९० औं मिनेटमा बेन चिलवेलले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा क्रेग डसनले गोल गर्दै वाट्फोर्डलाई हारबाट जोगाउँदै अंक बाँड्न मद्दत गरे ।

जारी इङ्लिस प्रिमियरसीपको लिगमा ४० अंक जोडेको आर्सनल नवौं स्थानमा छ । त्यस्तै, ३२ अंकका साथ ब्राइटन १५ औं स्थानमा छ । वाट्फोर्डसँगको बराबरीसँगै लेस्टर ५४ अंकका साथ तेस्रो स्थानमा छ । वाट्फोर्ड २८ अंकका साथ १६ औं स्थानमा छ । शीर्ष स्थानको लिभरपुलको ८२ अंक छ । दोस्रो स्थानको सिटीको ६० अंक छ ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width