एट्लेटिको मड्रिड स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लियो

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Athletico Madrid vs Real Valadolid

पोखरा । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार राति भएको खेलमा रियल भालाडोलिडमाथि १–० को जित निकाल्दै एट्लेटिको ला लिगाको तेस्रो स्थानमा उक्लिएको हो । जित हात पारेको छ । भालाडोलिडमाथिको जितसँगै एट्लेटिको मड्रिडले महत्वपूर्ण तीन अंक बटुलेको छ ।

उसले ३० खेलबाट ५२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । भालाडोलिड ३३ अंक सहित तालिकाको १५ औं स्थानमा छ । जितसँगै एट्लेटिकोले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई बलियो बनाएको छ ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिटोलोले ८१ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई महत्वपूर्ण ३ अंक दिलाए । भिटोलोले डिएगो कोस्टाको पासमा गोल गरेका थिए । एट्लेटिकोले दर्शकबिहीन घरेलु मैदानमा पहिलो पटक खेलेको हो ।

शनिबार राति नै  भएको अन्य खेलमा लेभान्टेले स्पानियोललाई ३–१ ले हराउँदा एट्लेटिको बिल्बाओले रियल बेटिसलाई १–० ले पाखा लगायो । अर्को खेलमा गेटाफे र एइबरले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width