घरजग्गा बहालमा सहुलियत प्रदान गर्न माग

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Pokhara-Tourism-Council

पोखरा, ७ असार । लकडाउन अवधिभरको घरजग्गा भाडा आपसी समझदारीमा ५० प्रतिशत सहुलियत गर्न पोखरा पर्यटन परिषदले घर तथा जग्गा धनीहरुलाई अपिल गरेको छ ।

परिषद्ले कोभिड १९ को प्रत्यक्ष र सवैभन्दा बढी असर पर्यटनमा परेको भन्दै त्यस्तो सहुलियत माग गरेको हो । लकडाउन आंशिक रुपमा केही खुकुलो भएपनि पर्यटन क्षेत्र भने बन्द छ, यस अवस्थामा केही छिटफुट बाहेक सम्पूर्ण आर्थिक गतिविधिहरु ठप्प छ अपिललमा भनिएको छ ।

पर्यटन व्यवसायीहरु पलायन भएमा समग्र पर्यटन क्षेत्रमा नै लामो समयसम्म नकरात्मक प्रभाव पर्ने हुनाले पर्यटन क्षेत्रमा आफ्नो स्थीर सम्पत्ति भाडामा लगाउने घरधनी महानुभावहरु र पर्यटन व्यवसायीहरुले एक आपसको मर्का बुझि व्यवसायको निरन्तरता हुने अवस्था सृजना गर्नका लागि दुवै पक्ष संयमता एव जिम्मेबारी बोधका साथ अगाडि वढ्नु पर्ने देखिन्छ परिषद्का महासचिव डिल्लीप्रसाद गौतमद्वारा हस्ताक्षरित अपिल पत्रमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width