कोरोनाका विरुद्ध सामूहिक प्रयासको आवश्यकता -मुख्यमन्त्री गुरुङ

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
HB_Pokhara-cmgurung

पोखरा, ७ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित रोटरी क्लब अफ पोखराद्वारा उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा उनले कोरोना विरुद्ध आम सर्वसाधारण सचेत हुनुपर्छ भने । उनले कोरोनाले पारेको असर न्यूनीकरण गर्न प्रत्येक व्यक्ति एवम् समुदाय आ–आफ्नो तर्पmबाट लाग्नुपर्ने र यस विरुद्धको लडाइँमा सामूहिक सचेतता आवश्यक भएको बताए ।

कार्यक्रममा उनलाई रोटरी क्लब अफ पोखराका अध्यक्ष गोपाल ध्वजुले रोटरी इन्टरनेशनलमार्फत उपलब्ध गराइएका १० हजार थान माक्स, दुई हजार पाँच सय थान फेससिल लगायतका सामाग्री सहयोग गरेको छ । सो अवसरमा रोटरी क्लब अफ डिष्ट्रिक ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले कोभिड–१९ रोकथामका लागि क्लबले नेपालमा हालसम्म १७ करोड बराबरको स्वास्थ्य सामग्री र राहत उपलब्ध गराइसकेको जानकारी दिए ।

रोटरी क्लब अफ इन्टरनेशनले असारको दोस्रो हप्ताभित्र गण्डकी प्रदेशका लागि दुई थान पिसिआर परीक्षण मेशिन उपलब्ध गराउने तयारी भइरहेको उनले बताए । कार्यक्रममा रोटरी क्लब अफ पोखराका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width