हालान्ड चम्किदा लाइपजिगमाथि डर्टमन्डको जित

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Earling Halland, Dortmund Borussia

पोखरा । जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ ।

शनिबार भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको डर्टमन्डले उसकै घरेलु मैदानमा आरबी लाइपजिगलाई २–० गोल अन्तरले हराएको हो । डर्टमन्डलाई जित दिलाउन हालान्डले खेलको ३० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को जित दिलाए । जितसँगै डर्टमन्डले ३३ खेलमा ६९ अंक जोडेको छ । डर्टमन्ड बायर्न म्युनिखभन्दा १० अंकले पछि छ । पराजित लाइपजिग ६३ अंक जोडेर तेस्रो स्थानमा छ ।

Related News

सम्बन्धित समाचार

hero news full width