समाज परिवर्तनका लागि सांस्कृतिक क्रान्ति आवश्यकः मन्त्री विश्वकर्मा,

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
mantri-jagatbahadur-679x455_4tJK6in88b

पोखरा, ७ असार । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले अब समाज परिवर्तनका लागि सांस्कतिक क्रान्ति हुनु पर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आयोजना गरेको राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगिताको फाइनल कार्यक्रममा बोल्दै विश्वकर्माले ठूलाठूला राजनीतिक र आर्थिक क्रान्ति भए पनि समाजमा अझै पनि सामाजिक भेदभाव भएकाले यसको अन्त्यका लागि अब सांस्कृतिक क्रान्ति हुनु पर्ने बताएका हुन् ।

आजको साझेदार भोलिका कर्णधार विद्यार्थीको सांस्कृतिक क्रान्तिमा महत्वपूर्ण भूमिका रहने बताएका हुन् । त्यस्तै कार्यक्रमको समीक्षा गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका पूर्व महानिर्देशक बाबुराम पौडेलले विभेदरहीत समाज निर्माणमा विद्यार्थीको भूमिका शीर्षकमा विद्यार्थीले राखेका वक्तृता अत्यन्त प्रंशसनीय भएको भन्दै ९८ जना विद्यार्थीमा विभिन्न चरण पार गर्दै टप टेनमा पर्नु नै ठूलो उपलब्धि भएको बताए ।

कार्यक्रमका अध्यक्ष रोमहर्षण पौडेलले संगठनको फेसबुक पेज, युट्युव र देशभरका विभिन्न टिभी एवं रेडियोबाट प्रत्यक्ष प्रशारण गरिएकोले निर्णयमा निश्पक्षता हुने बताउँदै विजयी विद्यार्थीको नामावली आइतबार समापन समारोहमा घोषणा गरिने बताए । प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल, नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका कोषाध्यक्ष शिवहरि सुवेदी रहेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मण शर्मा, नेकपा पोखरा महानगरका अध्यक्ष एवं नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व अध्यक्ष दीपक पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष बाबुराम पौडेल बोलेका थिए । कार्यक्रमको सञ्चालन संयोजक तीर्थराज ढकाल र प्रविधि संयोजक दामोदर तिमिल्सिनाले गरेका थिए । संगठन जिल्ला अध्यक्ष रोमहर्षण पौडेलले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width