रिक्त उपकुलपति र रजिष्टार तुरुन्त नियुक्त गर्न माग

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
Pokhara-University

पोखरा, ६ असार । नौ महिनादेखि रिक्त पोखरा विश्वविद्यालयको उपकुलपति र रजिष्टार नियुक्त गर्न माग गरिएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ र प्रजातन्त्रवादी कर्मचारी संघ पोखरा विश्वविद्यालयले त्यस्तो माग राखेको हो । दुबै संंघले पोखरा विश्वविद्यालयका सह–कुलपति एवं नेपाल सरकारका शिक्षामन्त्री, विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपीओली समक्ष त्यस्तो माग राखेका हुन् ।

पोखरा विश्वविद्यालयमा गत असोज ६ गतेदेखि प्रमुख नेतृत्व उपकुलपति र रजिष्टार विहीन रहेको छ । ६ महिना यता विभिन्न् संकायका डीनहरु, परीक्षा नियन्त्रक र विभिन्न् केन्द्रका कार्यकारी निर्देशकहरुको पद समेत रिक्त हुनगई विश्वविद्यालय नेतृत्वबिहीन अवस्थामा पुगेको जनाइएको छ ।

देशकै दोस्रो ठूलो पोखरा विश्वविद्यालयमा देशभर आंगिक, संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त गरी कूल ६६ वटा स्कुल तथा कलेजमा ३० हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयमा हुने अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा संचालन परीक्षाफल प्रकाशन जस्ता महत्वपूर्ण कामहरु ठप्प भएका बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width