घरेलु मैदानमै टोटनहामले युनाइटेडसँग अंक बाँड्यो

आदर्श समाज सम्वाददाता
असार ६, २०७७
Manchester United vs Tottenham

पोखरा । इंग्लिस प्रिमियर लिगमा टोटनहाम र म्यानचेस्टर युनाइटेडले १–१ बराबरी रोकिएको खेलेको छ ।

शनिबार टोटनहामको घरेलु मैदानमा युनाइटेड अंक खोस्न सफल बनेको हो । पहिलो हाफको २७ औं मिनेटमै स्टेभेन बेर्जविनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । उनको सशक्त प्रहार रोक्न नसकेपछि युनाइटेड पछाडि परेको थियो ।

यसपछि पनि टोटनहामले निकै उत्कृष्ट २ अवसरलाई गोलमा परिणत गर्न सकेन । पहिलो हाफमा १–० को अग्रता बनाएको टोटनहामले थप गोल भने गर्न सकेन।

वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पउल पोग्बालाई लडाएपछि युनाइटेडले पेनाल्टीको अवसर पायो । खेल सकिन १० मिनेट बाँकी रहँदा पाएको पेनाल्टीलाई युनाइटेडले गोलमा परिणत गरेसँगै खेल १–१ को बराबरीमा सकियो ।

युनाइटेडसँग बराबरी खेलेको अंक तालिकाको आठौं नम्बरमा छ । उसले ३० खेलबाट ४२ अंक जोडेको छ । समान ३० खेलबाट ४६ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा छ । निकटतम प्रतिश्पर्धी म्यानचेस्टर सिटी भन्दा २२ अंकले अगाडि रहेको लिभरपुलले उपाधि भने लगभग कब्जा जमाइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width