पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

rss रासस
असार ६, २०७७
Capture-81_GUI2k2kwEw

पर्वत, ६ असार । गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

आज बिहान पहिरो गएको हो । पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि सुवेदीका अनुसार अहिले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भईरहेको छ ।

“स्काभेटरले पहिरो हटाउँदैछ”, प्रहरी निरीक्षक सुवेदीले भने , “वर्षा नरोकिएकाले पहिरो खस्ने क्रम जारी हुँदा समस्या भएको छ ।” पहिरोका कारण बिहानदेखि सडक अवरुद्ध भएको हो । यसैगरी पहिरोका कारण कुश्मा बागलुङ ३३ केभि लाइन पनि अवरुद्ध बनेको छ ।

पहिरोले प्रसारण लाइनमा क्षति पुराउँदा विद्युत् सेवा बागलुङ र म्याग्दी जिल्लामा अवरुद्ध बनेको हो । विद्युत् प्रसारणलाई सुचारु गर्नका लागि काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ । पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • यस कारण भइरहेको छ हावाहुरी र चट्याङसहितको वर्षा   

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३०, २०७८
      काठमाडाैं । यसपालिको मनसुन अवधिमा सरदरभन्दा बढी पानी पर्ने आकलन गरिए पनि हालको प्रि–मनसुनमा राम्ररी पानी नपर्दा खडेरी भयो ।…
    • यो वर्ष बढी वर्षा हुने

      Avatar आदर्श समाज सम्वाददाता वैशाख २३, २०७८
      काठमाडौं । यसवर्षको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । जल तथा मौसम विज्ञान…
    • बगाले बगेडी चरा संरक्षणप्रति सरोकारवालाको चासो

      जमुना वर्षा शर्मा जमुना वर्षा शर्मा चैत्र ३१, २०७७
      पोखरा । प्राकृतिक सौन्दर्यमात्र नभई पर्यावरण र जैविक विविधतामा पनि उत्तिकै महत्वपूर्ण मानिने बगाले बगेडी चरा संकटापन्न अवस्थामा पुगेपछि सरोकारवालाहरुले…
    • वायु प्रदूषणले आँखाका बिरामी बढ्दै   

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २५, २०७७
      कञ्चनपुर । वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश…
    • देशभरि वायु प्रदूषण, बाहिर ननिस्कन विज्ञको सुझाव

      Avatar आदर्श समाज सम्वाददाता चैत्र २३, २०७७
      काठमाडाैं सहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिनुभएको छ । वायु प्रदूषणले…

    hero news full width

    sanil ads

    wordlink ads