पोखरा, ५ असार । पोखराका सामाजिक अभियन्ताहरुले अमेरिकी परियोजना मिलेनिनयम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज माग गर्दै शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।
पोखरा शहीदचोकस्थित जिल्ला प्रशासन कार्यालय अघि चौतारामा उनीहरुले विभिन्न नाराअंकित प्ले–कार्ड बोकेर १ घण्टासम्म धर्ना दिए ।
उनीहरुले ‘म मेरो भूमिमा विदेशी सेनाले बुट बजारेको सहन्नँ, त्यसैले एमसीसी चाहिन्न’, ‘एमसीसी हामीलाई चाहिँदैन,स्वाभिमान बेच्न पाइँदैन’, ‘देशभक्त नेपाली जिन्दावाद, स्वाभिमान बेच्नेहरु खबरदार’, ‘एमसीसी सम्झौता चाहिँदैन, देशलाई युद्धभूमि बनाउन पाइँदैन’ लगायत नाराअंकित प्लेकार्ड बोकेर बिहान ११ देखि १२ बजेसम्म धर्ना दिएका हुन् । सोक्रममा उनीहरुले कोरोना भाइरस (कोभिड–१९) बाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि सामाजिक दूरी समेत कायम गरेका थिए ।
लगातार एमसीसी खारेजको माग गर्दै पोखराका सामाजिक अभियन्ताले २ असारमा वरिष्ठ अधिवक्ता तिलक पराजुलीको संयोजकत्वमा संंयुक्त देशभक्त मोर्चा गठन गरेको थियो ।
संंयुक्त देशभक्त मोर्चाका संयोजकतर्फबाट वरिष्ठ अधिवक्ता तिलक पराजुलीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।
एमसीसी खारेज लगायत राष्ट्रिय हितका पक्षमा नागरिक अभियान संचालन गर्ने उद्देश्यले सो मोर्चा गठन गरिएको अभियान प्रवक्ता नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनले राष्ट्रिय हितको मुद्दामा आफूहरुले लगातार सरकारलाई दबाब दिने बताउँछन् ।
अभियान सदस्यमा विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरी नरेन्द्रमान लालचन, नीरज थापा, शशी तुलाचन, गोविन्दबहादुर बस्नेत, पुष्प बराल, विष्णुप्रसाद गुरुङ, कृष्णराज अधिकारी, काजी गाउँले र सूर्यबहादुर बानियाँ छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
नेपाल स्रष्टा समाज गण्डकी प्रदेश समिति घोषणा
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१