गण्डकीमा ५ जना कोरोना संक्रमित डिस्चार्ज

आदर्श समाज सम्वाददाता
असार ५, २०७७
gandaki hospital

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल । फाइल फोटो ।

पोखरा, ५ असार । पोखरामा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये ५ जना पुरुष निको भएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले शुक्रबार साँझ डिस्चार्ज गरेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । तीमध्ये कास्कीका ३, स्याङ्जा र पर्वतका १/१ जना छन् ।

अस्पतालका निर्देशक डा. आचार्यले भने, ‘संक्रमितको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । घर फर्केपछि पनि उहाँहरुलाई अझै एक सातासम्म होम क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौं ।’

अस्पतालको आइसोलेसन बार्डमा उपचार गराइरहेकामध्ये ९ जनाको स्वाब कलेक्सन गरिएकोमा ५ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी ल्याबमा कार्यरत प्याथोलोलिष्ट डा. मणि सुवेदीले बिदाइ समारोहमा बताइन् । संक्रमितहरु आफ्नै आँखा अगाडि निको भइ घर फर्केको देख्दा आफूलाई पनि निकै खुसी लागेको उनको प्रतिक्रिया छ ।

बिदाइ समारोहमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्मा, अस्पतालका निर्देशक डा. अर्जुन आचार्य, डा. मणि सुवेदी, डा. लक्ष्मण बास्तोला, प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका संचार संयोजक एवं पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले सुस्वाथ्यको कामना गर्दै बिदाइ गरेका हुन् ।

५ जना ती पुरुषहरु १२ देखि १४ दिनसम्म अस्पतालमा उपचाररत् थिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माका अनुसार डिस्चार्ज गरिएको ५ जना ती पुरुषहरु १२ देखि १४ दिनसम्म अस्पतालमा उपचाररत् थिए ।

कोरोना संक्रमणपछि निको भएकामध्ये एक पुरुषले खुसी हुँदै आफ्नो उपचारमा अस्पताल प्रशासन, स्वास्थ्यकर्मी तथा कर्मचारीबाट सहयोग मिलेको प्रतिक्रिया दिए ।
यता, आइसोलेसनमा रहेकाहरुलाई समेत १४ दिनसम्म कोरोनाको कुनै लक्षण नदेखिए डिस्चार्ज गर्नू भने सरकारी आदेश भएपनि गण्डकी प्रदेशले भने संक्रमितको पीसीआर चेकपछि नेगेटिभ आएमात्र डिस्चार्ज गर्दैआएको छ ।

यस सम्बन्धमा प्रदेश स्वास्थ्य निर्देशक डा. शर्मासँग लक्षण नदेखिएकालाई किन पीसीआर गर्नुपरेको भन्ने जिज्ञासामा उनले थपे, ‘यसरी पुनः पीसीआर गर्दा संक्रमितको समेत मनोबल बढ्ने र उनीहरु समुदायमा जाँदा जनतामा सुरक्षाको प्रत्याभूति हुने भएकोले पीसीआर गर्ने गरिएको हो । हामीहरुले अहिलेको अवस्थामा बिरामीलाई व्यवस्थापन गर्न सकिरहेका छौं । भोलिको दिनमा चाप बढी भयो भने लक्षण नदेखिए घर पठाउन पनि सकिन्छ ।’

गण्डकीमा शुक्रबारसम्म ३ सय ८० जना संक्रमितमध्ये ३९ जना निको भइ घर फर्केका छन् । कुल ८ हजार ७ सय ५१ स्वाब संकलन गरिएकोमा १ हजार ४ सय ५२ को रिपोर्ट आउन बाँकी छ । प्रदेशका ११ जिल्लामध्ये मुस्ताङबाहेक सबै जिल्लामा कोरोना फैलिएको छ । १ जना स्याङ्जाका ५८ वर्षीया पुरुषको भने उपचारक्रममा निधन भएको थियो ।
प्रदेशमा शुक्रबारमात्रै ५६ जनामा कोरोना भेटिएको छ । तीमध्ये पोखराका ५ जना छन् ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width