पहिरोले धन्सार भत्किँदा ६ घाइते

रासस
असार ५, २०७७
JanakShrestha_Lamjung_RSS_samankhojdaipiclamjung

धन्सार बिहीबार पहिरोले भत्काएपछि शुक्रबार स्थानीयवासी त्यहाँ रहेका सामान खोज्दै । तस्वीरः जनक श्रेष्ठ, रासस

लमजुङ, ५ असार । बेँसीशहर नगरपालिका –११ चितीका एक बासिन्दाको धन्सार पहिरोबाट भत्किँदा ६ जना घाइते भएका छन् । बिहीबार साँझ अविरल परेको वर्षाले जुद्धबहादुर थापाको धन्सारमाथिबाट पहिरो खसेर मानिस घाइते भएको प्रहरीले जनाएको छ ।

जुद्धबहादुरसहित उनकी श्रीमती किरण तथा धन्सारमा बस्दै आएका लुकबहादुर गुरुङ, अमृत गुरुङ, सरस्वती गुरुङ र सुशीला गुरुङ घाइते भएका छन् । उनीहरुलाई स्थानीयवासी र प्रहरीले पुरिएका अवस्थामा उद्धार गरी बेँसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याएका छन् ।

किरणलाई भने आज बिहान नगर प्रमुख गुमानसिंह अर्यालले घटनास्थल निरीक्षणका लागि पुगेर फर्किने क्रममा आफ्नै गाडीमा सो अस्पतालमा लगेर उपचार गराएका हुन् । घाइतेमध्ये जुद्धबहादुरलाई भने थप उपचारका लागि पोखराको मणिपाल अस्पतालमा गए राति नै लगिएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

घाइतेको खुट्टा, टाउको, ढाडलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ । बेँसीशहरमा उपचारत घाइतेलाई नगर प्रमुख अर्याल, उपप्रमुख लक्ष्मी अधिकारीलगायतले भेटिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width