नवलपुरमा संक्रमितको संख्या ९९ पुग्यो, विनयी त्रिवेणीमा थप दुई जना संक्रमित

रामकुमार श्रेष्ठ
असार ५, २०७७
5ebcf2311c8a9_Bharatpur

पोखरा, ५ असार । पूर्वी नवलपरासीमा संक्रमितको संख्या ९९ पुगेको छ । शुक्रबार दुई जना संक्रमित थपिएसँगै पूर्वी नवलपरासीमा संक्रमितको संख्या ९९ पुगेको हो । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ जना पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।

विनयी त्रिवेणीमा थपिएका दुवै जना पुरुष २० र २८ वर्षका हुन् । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयका अनुसार पूर्वी नवलपरासीमा दुई जना, बाग्लुङमा १४ जना, कास्कीमा ६ जना र स्याङजामा २ जना गरी गण्डकी प्रदेशमा शुक्रबा २४ जना नयाँ संक्रमित थपिएका हुन् ।

नवलपुरमा अहिलेसम्म संक्रमित देखिएका मध्ये २ जना निको भएर फर्किएका छन् भने ३ जनालाई पिसिआर पुन परीक्षण नगरी फर्काएको छ । त्यसैगरी गरी ३ जनाको भरतपुर कोरोना विशेष अस्पतालमा,४ जनाको मध्यविन्दु जिल्ला अस्पतालमा र बाँकीको रजहरको प्राकृतिक चिकित्सालयमा उपचार भईरहेको छ ।
कावासोतीका आवासीय विद्यालयले दिएनन् क्वारेन्टाइन राख्न भवन

कावासोती, ५ असार । पूर्वी नवलपरासीको कावासोतीमा क्वारेन्टाइन अव्यवस्थित भएको भन्दै गुनासो बढेपछि एकीकृत क्वारेन्टाइनका लागि भवन खोज्दा नपाइएको कावासोती नगरपालिकाले जनाएको छ ।कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृति कृतनराज पौडेलले एकीकृत क्वारेन्टाइनका लागि नगरपालिकाले भवन खोजे पनि नपाइएको बताए । कावासोतीमा लुम्बिनी कलेज, कुमारवर्ती कलेज, मध्यविन्दु कलेज ३ वटा कलेजका साथै केही संस्थागत आवासीय विद्यालयहरु एकीकृत क्वारेन्टाइनका लागि उपयुक्त रहेका छन् । उक्त भवनहरुमा एक हजार भन्दा बढीलाई एउटै भवनमा क्वारेन्टाइनमा राख्न सक्ने क्षमताका रहेका छन् ।

यस अघि नेपालमा कोरोनो संक्रमण शुरुवाती अवस्थामा रहँदा कावासोतीको शिद्धार्थ आवासीय मावि, गण्डकी आवासीय मावि, सेन्टजोसेफ आवासीय मावि र डण्डाको नवलपुर एकेडमीले आफ्नो भवन क्वारेन्टाइनका लागि दिने घोषणा नै गरेका थिए । उनीहरु मध्ये कतिपयले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका थिए त कतिपयले सञ्चारमाध्यमहरुको प्रयोग गरेर घोषणा गरेका थिए ।

कावासोतीका आवासीय विद्यालयका सञ्चालकहरुले भने आफूहरु आवासीय विद्यालयलाई क्वारेन्टाइनका लागि दिन तयार रहे पनि नगरपालिकाले निर्णय ढंगले छलफल अगाडि बढाउन नसकेको कारण कावासोतीका निजी विद्यालयहरु क्वारेन्टाइनको रुपमा प्रयोगमा आउन नसकेको बताएका छन् ।कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलले यस विषयमा त्यस्ता निजी आवासीय विद्यालयहरुसँग छलफल गरिएको भए पनि उनीहरुले सामुदायिक विद्यालयमा नअटेको खण्डमा मात्र दिने भन्दै तर्किने गरेको बताए ।

कावासोती नगरपालिकाका नगर उपप्रमुख एवम् कोभिड १९ व्यवस्थापन समिति कावासोतीका संयोजक प्रेमशंकर मर्दनियाले यस विषयमा पटक पटक छलफल भए पनि आवासीय विद्यालयका सञ्चालकहरुले घोषणा गरे जसरी क्वारेन्टाइन दिन आनाकानी गरेको बताए ।कावासोती नगरपालिकामा अहिले कु्मारी निजी शैक्षिक गुठीको भवन, प्रस्ताविन कुमारी अस्पताल लगायत वडा वडामा रहेका सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिदै आएको छ । वडा वडामा क्वारेन्टाइन राख्दा क्वारेन्टाइनको सुरक्षा, क्वारेन्टाइनमा रहेकाहरुको स्वास्थ्य सुरक्षा लगायतका चुनौतीहरु देखिएका छन् ।त्यसैगरी एकीकृत क्वारेन्टाइन नहुँदा फरक फरक मितिमा क्वारेन्टाइनमा बस्न आएकाहरुलाई पनि एउटा कोठामा राख्नु पर्ने बाध्यता बढेको छ । जसले गर्दा क्वारेन्टाइनै कोरोना संक्रमण बढाउने स्थल बन्न थालेको छ ।

नवलपरासीमा करेन्ट लागेर निधन

परासी, ५ असार । परासी । पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको निधन भएको छ । प्रहरीका अनुसार पश्चिम नवलपरासीको प्रतापपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

प्रतापपुर गाँउपालिका ८ बद्रिघाट निवासी ५२ वर्षीय खयन्ती राजभरको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जाएको छ । उनलाई आफ्नै घरमा करेन्ट लागेको थियो ।

घरको छत टिनको रहेको र टिनमा करेन्ट प्रवाह हुदा उनको ज्यान गएको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई करेन्ट लागे लगतै उपचारका लागि बर्दघाटको चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा पुर्याएको भएपनि अस्पतालले राजभरलाई मृत घोषणा गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width