फेवातालको आयु बढ्नेछ -मुख्यमन्त्री गुरुङ

रासस
असार ५, २०७७
maxresdefault

हरि बाँस्तोला -पोखरा, ५ असार । संरक्षणको चर्चा भएपनि विगतदेखि नै ‘यो वा त्यो वहनामा’ काम हुन नसक्ने फेवातालमा यतिखेर भने काम धमाधम जारी छ ।

प्राकृतिक एवं मानवीय अतिक्रमणको चपेटामा पर्दै आएको सो तालको संरक्षणका लागि देखिने गरी काम हुन थालेपछि सङ्घीयताको औचित्य पुष्टि भएको छ । पोखराको मुटुमा अवस्थित सो ताल बचाउन प्रदेश सरकार र पोखरा महानगरपालिको संयुक्त साझेदारीमा फेवाजलाधार क्षेत्रका विभिन्न चारवटा खोलामा सिल्टेसन बाँध र सिल्ट पोखरीको निर्माण भइरहेको छ ।

निर्माणाधीन कार्यको बिहीबार स्थलगत निरीक्षण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले तोकिएको समय र गुणस्तरीय विकास निर्माणले सङ्घीयताको औचित्य पुष्टि गरेको बताए । “नेपाल सरकार तथा विभिन्न सङ्घसंस्थाले गरेको अध्ययनका आधारमा ताल बचाउनका लागि जलाधार क्षेत्रमा चेक ड्याम निर्माण गरेर खोलासँगै तालमा बगेर आउने लेदोसहितको माटो रोक्न सिल्टेसन बाँधसहित पोखरी निर्माण गरिएको हो,” उनले “यसले फेवातालको आयु अवश्य बढ्नेछ ।”

नेपालको संवैधानिक व्यवस्थाअनुसार तालतलैयाको सीमाङ्कन सङ्घ सरकारले, संरक्षणको जिम्मेवारी प्रदेश सरकारले र उपयोग स्थानीय सरकारलाई रहेको स्पष्ट पारे । सङ्घ सरकारले सबै तालको सीमाङ्कन गरी संरक्षणका लागि प्रदेश सरकारलाई तुरुन्त हस्तान्तरण गर्नु माग गर्दै उहाँले प्राकृतिक स्रोतसाधनको संरक्षण र उपयोग जनताका नजीकका सरकारबाटै हुने उनको विश्वास थियो । जलाधार क्षेत्रमा निर्माण गरिएका सिल्टेसन ड्यामसहितका सिल्ट पोखरी फेवातालको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका केन्द्रका रुपमा विकास गरेर स्थानीय बासिन्दाको आयआर्जनको माध्यम बन्नुपर्ने र प्रदेशमा वातावरणमैत्री विकास निर्माणलाई जोड दिइने उनले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सो महानगरपालिकाको साझेदारीमा कूल रु २८ करोड ९६ लाखको लागतमा जलाधार क्षेत्रअन्तर्गत हर्पनखोलासँगै अँधेरीखोला, बेतयानीखोला, लौरुकखोलामा सिल्टेसन ड्यामसँगै सेन्टपोखरी निर्माण गरिएको हो । उक्त भौतिक संरचना निर्माणका लागि दुवै सरकारले बराबर लगानी गर्ने सम्झौतामा उल्लेख छ ।
महानगरपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको संरक्षणका लागि धेरै अध्ययन गरी प्रतिवेदनसमेत बनेको भए पनि कार्यान्वय हुन नसक्दा क्रमिकरुपमा सङ्कटमा पर्दैजाँदा जनताका नजीकका सरकारको साझेदारीमा देखिने गरी संरक्षण जुटेका जानकारी दिए । “फेवातालको दोहन होइन संरक्षण गर्नु सबैको कर्तव्य हो”, उनले भने “फेवातालमा माछापुच्छ«े र अन्नपूर्ण हिमाल पौडेको दृश्य पर्यटककको पहिलो रोजाइ हो त्यसलाई जोगाएर पुस्तान्तरण गर्दै जानुपर्दछ ।”

एक अर्ब बराबरको डिपिआर तयार गरेर पहिलो चरणमा सिल्टेसन ड्याम र सेन्टपोखरी तथा खोला नियन्त्रणका लागि तटबन्ध तथा बायोइन्जिनीयरिङअन्तर्गत वृक्षरोपण जस्ता काम भइरहेको जानकारी दिँदै उनले भने “फेवातालको संरक्षणका लागि नेपाल सरकार वा प्रदेश सरकारको गौरवको योजनाका रुपमा विकास गर्नुपर्दछ ।” जलाधार क्षेत्रमा निर्माण गरिएका भौतिक संरचनाको कारण फेवातालमा प्रत्येक वर्ष खोलाबाट बगेर जाने लगभग दुई लाख ५६ हजार घनमिटर माटोसहितको लेदो केही हदसम्म भए पनि रोकिने प्रदेशसभा सदस्य राजीव पहारीको भनाइ छ । जलाधार क्षेत्रमा संरक्षणसहित विभिन्न विकास निर्माण कार्यले तीव्रता लिएको उल्लेख गर्दै उहाँले मुलुकको समग्र विकास र जनताका अपेक्षा पूरा गर्नका लागि तीनै तहका सरकारको सहकार्य अपरिहार्य भएको बताए ।

हर्पन खोला घाँटी छिनामा रु सात करोड ८८ लाख ६२ हजार, बेतयानी खोलामा रु पाँच करोड ४६ लाख ५८ हजार, लौरुक खोलामा रु पाँच करोड ७४ लाख ८४ हजार ९९८ र रु नौ करोड छ लाखको लागतमा अधेरी खोलामा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको महानगरपालिकाका इन्जिनीयर विमल आचार्यले जानकारी दिए । चारवटै सिल्टड्याम र सिल्टपोखरीको अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उनले भने । “काम तीव्ररुपमा भइरहेको कारण सम्झौतामा तोकिएको समयभन्दा छ महिनाअघि सम्पूर्ण काम सम्पन्न हुने विश्वास व्यक्त गरे ।

जापानी सहयोग नियोग ९जाइका०ले गरेको अध्ययनअनुसार सन् १९५० देखि २००० सम्मको अवधिमा मात्र सोताल ६ दशमलब दुई किलोमिटर साँघुरो भएको छ । त्यस्तै सन् २०१३ को अध्ययनअनुसार ४३९ हेक्टरमा पैmलिएको तालको सबैभन्दा गहिरो भाग करीब २३ मिटर रहेको छ भने सरदर गहिराइ नौ दशमलब ६ मिटरमा मात्र सीमित रहेको तथ्याङ्क छ ।

Related News

सम्बन्धित समाचार

  • टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट प्रालिलाई आन्तरिक राजस्व कार्यालय, पोखरामा सबैभन्दा बढी कर तिरेकोमा सम्मान गरिएको छ ।…
  • लुम्लेमा असिनाले क्षति

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०८१
    हेमजा । सोमबार दिउँसो परेको असिनाले अन्नपूर्ण–६, लुम्लेको धानवालीमा क्षति पुर्‍याएको छ । असिनाले त्यस क्षेत्रको पात्लेखेत, सीम, विरौटा, मुडी…
  • भाईटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

    रासस कार्तिक १७, २०८१
    काठमाडौं । यसपटक तिहारको भाईटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…
  • देशभर चिसो बढ्दै

    रासस असाेज २९, २०८१
    काठमाडौं ।  देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले…
  • हल्का वर्षाको सम्भावना

    रासस असाेज २८, २०८१
    काठमाडौं । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान…

hero news full width