चीनको नियन्त्रणमा रहेका १० भारतीय सेना छुटे

एजेन्सी
असार ५, २०७७
b5b7a1e049f5571e5f0fc1bfc3510e3a_w1000_h500_cp

फाइल फोटो ।

काठमाण्डौ, ५ असार । सीमा क्षेत्र लद्दाखको गलवान उपत्यकामा भएको झडपका क्रममा चीनको नियन्त्रणमा रहेका भारतका १० सैनिक रिहा भएका छन्।

सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा पक्राउ परेका कर्णेलसहित १० भारतीय सैनिकलाई चीनले बिहीबार साँझ मुक्त गरेको भारतीय सञ्चारमाध्यम द हिन्दुले जनाएको छ।त्यस रात भएको झडपमा २० भारतीय सैनिक मारिएका थिए । त्यसको तीन दिनमा चीनले आफ्नो कब्जामा रहेका १० भारतीय सैनिकलाई रिहा गरेको हो। यस्तै झडपमा भारतका ७६ सैनिक घाइते भएको पनि बताइएको छ।

त्यस क्रममा चीनतर्फ के कति क्षति भयो भन्नेबारे भने चीनले अहिलेसम्म केही जानकारी दिएको छैन। सीमामा झडप हुनुमा दुवै देशले एकअर्कालाई दोष दिइरहेका छन्।चीनले भारतीय सेना सीमाको वास्तविक नियन्त्रण रेखा नाघेर आफ्नो भूमितर्फ आएका कारण झडप भएको दाबी गरिरहेको छ भने भारतले चिनियाँ सैनिकले सहमति उल्लंघन गरेको आरोप लगाइरहेको छ।

Related News

सम्बन्धित समाचार

hero news full width