जाल्पा लघुवित्तद्वारा राहत सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
असार ५, २०७७
ssss

पोखरा, ५ असार । बन्दाबन्दीका कारण पेशा तथा व्यवसाय प्रभावितभई समस्यमा परेका आफ्ना ९४० जना अति विपन्न सदस्यहरुलाई जाल्पा लघुवित्त वित्तीय संस्थाले पोखराले ग्राहक संरक्षणकोषबाट खर्च हुने गरी नौ लाख ४० हजार बरावरको राहत सामाग्री वितरण गरेको छ।

राहत पाउने सदस्यहरुको छनौट सम्बन्धित केन्द्र र शाखा कार्यालयहरुको सिफारिसमा गरिएको थियो । स्थानीय निकायका पदाधिकारी, अनुगमन प्रमुख, शाखा प्रबन्धक एवं केन्द्र प्रमुखहरुको रोहवरमा राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो।

प्रदेश स्तरीय कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकोषमा सहयोग

उक्त वित्तीय संस्थाले प्रदेशस्तर कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकोषमा ५छ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । पोखरा, कास्की स्थित मुख्यमन्त्रीको कार्यालयमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गलाई वित्तीय संस्थाको तर्फबाट सञ्चालक मिनप्रसाद शर्मा भट्टराई र प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले संयुक्तरुपमा चेक हस्तान्तरण गरेका थिए।

स्थानीय निकायको कोराना भाईरस रोकथाम तथा नियन्त्रणकोषमा सहयोग

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईका लागि ३० वटा शाखा कार्यालयहरुबाट पोखरा महानगर पालिका वडा नं. ८ र ३० सहित कास्की, तनहु“, लम्जुङ्ग, स्याङ्गजा र नवलपुर स्थित विभिन्न ३३ स्थानीय निकायहरुमा रू.३ लाख ४६ हजार ५ सय बरावरको खाद्य सामाग्री एवं नगद सहयोग उपलब्ध गराइएको छ।

यो सहयोग रकमले महामारी रोकथाम नियन्त्रण गर्न तथा नेपाल सरकारले गरेको बन्दाबन्दीका कारणले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरहरुलाई राहत सामाग्री वितरणमा सहयोग पुग्ने बताइएको छ । वित्तीय संस्थाका शाखा प्रबन्धकहरुले आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानीय निकायहरुमा गई निकायका प्रमुख/उपप्रमुख/वडाअध्यक्ष तथा प्रतिनिधीहरुलाई सहयोग रकम हस्तान्तण गरिएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width