नीति तथा योजना आयोग प्रभावकारी भएनः सांसद मल्ल

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Bhagawat Prakash Malla

पोखरा, ४ असार । सांसद भागवत प्रकाश मल्ल प्रदेश नीति तथा योजना आयोगको कार्यक्षमता माथि प्रश्न गर्छन् । गण्डकी प्रदेशको आगामी बजेटमाथि आफ्ना धारणा राख्ने क्रममा उनले भनेः ‘प्रदेश नीति तथा योजना आयोगको काम प्रभावकारी देखिएको छैन । अझ यसलाई यो वर्ष बजेट बढाइएको छ । राम्दी नाकाको पुल निकै जीर्ण भइसकेको छ । नीति तथा आयोगले संघ सरकारसँग समन्वय गर्नुपर्छ ।’ उनले आधारभूत खानेपानी नपुर्‍याउने सरकारले १ घर १ धारा पुर्‍याउन नसक्ने बताए ।

‘१ निर्वाचन क्षेत्र १ सडक कार्यक्रम पनि प्रभावकारी भएका छैनन् । १ स्थानीय तह १ खेलमैदान भनिएको छ । खै काम कहाँ भयो त ?,’ उनले भने, ‘स्याङ्जाको गल्याङमा मनकामना सिञ्चाइ योजनामा २५ लाखको काम हुँदा पनि भुक्तानी भएको छैन । पटक पटक डिजाइन परिवर्तन गरिनुपर्छ भनिन्छ । मन्त्रीलाई यसबारेमा सोध्दा पनि भन्दा थाहा छैन भन्ने जवाफ आउँछ ।’ करको प्रमुख दायरा मानिएको यातायात क्षेत्रलाई बजेटले समेट्न नसकेकोमा उनको गुनासो छ ।

Related News

सम्बन्धित समाचार

hero news full width