‘अस्पतालमा आइसियू छैन, स्वास्थ्य कार्यालयलाई गाडी किन ?’

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
Lalitkala Gurung

पोखरा, ४ असार । प्रदेश सरकारले संघीयताको पुष्टी गर्न नसकेको आरोप छ, काँग्रेस सांसद ललितकला गुरुङको । गण्डकी प्रदेशको आगामी बर्षको बजेटमाथि छलफल गर्दै उनले सरकार सुरुदेखि नै असफल भएको भन्दै उनले कोरोनाको महामारीको क्रममा झनै कमजोर बनेको तर्क गरिन् । ‘क्वारेन्टाइनमा बसेकाले पानी खान पाएका छैनन् । बिरामीलाई अस्पताल लैजान एम्बुलेन्स छैन । जिल्ला अस्पतालमा आइसियू छैन । सरकार स्वास्थ्य कार्यालयलाई गाडी दिएर बस्छ । यो अव्यवहारिक भएन र ?,’ उनी भन्छिन्, ‘कोरोनालाई प्राथमिकतामा राखिए पनि बजेट त्यसरी राखिएको छैन । राम्रो शब्द समायोजन र दक्षिणारुपी बजेट आएर हुँदैन । आहातमा राहत दिने खालको छैन ।’

सरकार नेकपाको समर्थनबाट बनेकोले जनताको पक्षमा काम गर्न नसकेको उनको भनाई छ । ‘पञ्चायतकालमा जस्ता प्रचारमुखी र शब्दमुखी छ कार्यक्रम ल्याइन्छ । राष्ट्रपति रनिङ सिल्ड मात्र होइन यहाँ त मुख्यमन्त्री कपहरु हुन थालेका छन्,’ गुरुङले थपिन्, ‘बजेट कार्यान्वयन असम्भव छ । आम्दानीको स्रोत निकै कम छ । चालु खर्च बढाएर सरकारले राम्रो काम गरेन ।’ बजेट कार्यान्वयनमा सरकारले आवश्यक संरचना बनाउन नसकेको उनले बताईन् ।

Related News

सम्बन्धित समाचार

hero news full width