‘बजेट धागोले बाँधेको सुन्तला मिठाईजस्तो’ : सांसद थापा

प्रकाश ढकाल
असार ४, २०७७
Pyari Thapa

पोखरा, ४ असार । कटु आलोचना सहित सरकारका सबै काममा समर्थन गर्दै आएको छ, राष्ट्रिय जनमोर्चाले । छलफलका क्रममा देखेजति गल्ती केलाउँछन् र पास गर्ने बेलामा सत्तारुढ दलको पक्षमा हुन्छन्, जनमोर्चाका सांसदहरु ।

रकारलाई समर्थन गरेकै कारण ३ सदस्यीय जनमोर्चालाई संसदीय समितिको सभापति समेत बनाईएको छ । विहिबार आगामी बर्षको बजेटमाथी छलफल गर्दै जनमोर्चाकी सांसद पियारी थापाले सरकारले प्रश्तुत गरेको बजेटलाई सुन्तला मिठाईको संज्ञा दिईन् । ‘कोरोना महामारीको संघारमा सरकारले ल्याएको बजेटमा धन्यवाद र सफल कार्यान्वयनको शुभकामना । जनताहरु हात बाँधेर भोको पेटले रस्वस्वादन गर्नका लागि धागोले बाँधेर राखेको सुन्तला मिठाई कुरिरहेका छन् । कतिले खान पाएका छन् । कतिले पाएनन्,’ उनले भनिन्, ‘पाउनेको पनि भोक प्यास मेटिएन । बजेट सुन्तला मिठाई जस्तो छ । हेर्दा राम्रो र मिठो छ । तर सबैको पेट भरिदैन ।’

उनले बजेट समन्यायिक रुपमा नआएको बताईन् । योजना छनौटमा अदुरदर्शिता र हेलचेक्र्याईँ गरिएका कारण बजेटमाथी समग्र प्रदेशबासीले अपनत्व गर्न नसक्ने उनको तर्क छ । सांसद थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गरिन् । कोरोना भाइरस नियन्त्रण र बेरोजगारी अन्त्यका लागि बजेट पर्याप्त नभएको थापाले बताईन् । प्रत्येक बर्ष तालिमका नाममा विनियोजन हुने बजेट प्रभावकारी कार्यान्वयन नभएकोमा उनको दुखेसो छ । ‘प्रत्येक बर्ष सीपमुलक तालिम भनेर बजेट ल्याईएको छ । अहिलेसम्म कतिले तालिम लिए रु कति जना स्वरोजगार भए रु त्यसको तथ्यांक खै रु,’ उनले भनिन् । उनले ऋण खोेजेर घ्यु खानुको कुनै औचित्य नरहेको बताईन् । ‘ऋण काढी काढी घ्यु कहिलेसम्म खाने रु ऋण काढेर घयु खाएर ज्यान बनाएको के काम रु भोलि त्यो ऋण कसले तिरिदिन्छ रु सरकारले हेक्का राखोस्,’ उनी भन्छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width