गगनगौंडामा शवदाह स्थलको शुभारम्भ

आदर्श समाज सम्वाददाता
असार ४, २०७७
photo 1 (1)

पोखरा, ४ असार । पोखरा–३० मा निर्माण सम्पन्न सतीघाट शवदाह स्थलको विहीबार शुभारम्भ गरिएको छ ।

कुशको लास बनाएर चितामा जलाई सतीघाट शवदाह स्थलको औपचारिकरुपमा शुभारम्भ गरिएको हो। सतीघाट निर्माण समितिका अध्यक्ष राजु केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रमा समितिका सल्लाहाकार प्रेम लिगल, तीर्थ जंगली, प्रेम थापा, गोविन्द पंगेनी लगायतका वक्ताहरुले सतीघाट निर्माणले अब रुपाकोट, खोलाकोछेउ, सातमुहाने, भोर्ले लगायतका वासिन्दालाई लाश जलाउन सहज हुने भएको छ ।

शवदाह स्थल निर्माणले वर्खाको समयमा समेत शव जलाउन सहज हुने भएको छ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेल प्रमुख अतिथि थिए । सतीघाटमा निर्माण शवदाह स्थलले वडाबासीहरुलाई लाश लिएर सागरजादा अब बाढीका कारण असर नहुने भएको वडाध्यक्ष पोखरेलले भने।

कार्यक्रममा समितिका कोषाध्यक्ष प्रेम थापाले आर्थिक प्रतिवेदन सहित धन्यवाद ज्ञापन गरेका थिए भने सचिव बुद्धि गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width