कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

रासस
असार ४, २०७७
66006108_450106642205722_8513291995819540480_o

फाेटाेः द क्लिफकाे फेजबुक पेजबाट।

पर्वत, ४ असार। लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ। केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल विहिवारदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै लकडाउन सुरु भएको थियो।

यात्रुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। लकडाउन खुकुलो भएको र यात्रु आवतजावत गर्न थालेका कारण भौतिक दूरी कायम गरी सुरक्षाको उपाय अवलम्बन गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको उनले बताए। “लामो समयको बन्दपछि यात्रुको सुविधा र सुरक्षासमेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौँ”, उनले भने। यान्त्रिक पुलमा यसअघि आठ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दूरी कायम गराउन चार जना मात्रै यात्रु राखिनेछ । मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा स्यानेटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए। यान्त्रिक पुलबाट यस अघि दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्दै आएका थिए।

यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको विश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबारदेखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मादेखि बागलुङको बलेवासम्म निर्माण गरिएको पुलमा आवतजावत गर्न शुल्क लिएर खुल्ला गरिएको ‘द क्लिफ’ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिए। पुलमा रु १२० तिरेर आवतजावत खुल्ला गरिएको छ । बञ्जी पुल सम्भवतः नेपालको एकमात्र शुल्क लिएर पैदलयात्रा गर्न पाइने पुल हो । पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर सुरक्षाका उपायसहित पुल सञ्चालनमा ल्याइएको उनले बताए।

पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा पुल निर्माण भएको छ ।

बञ्जी पुल सञ्चालनमा आएपनि बञ्जी जम्प भने तत्काल सञ्चालनमा नआउने

पुलमा नै सञ्चालनमा आएको विश्वको दोस्रो अग्लो बञ्जी जम्प भने तत्काल सञ्चालनमा नआउने बताइएकाे छ।

यस्तै विश्वकै अग्लो स्विङ र नेपालकै अग्लो लठ्ठे पिङ पनि तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बताए।

फाेटाेः द क्लिफकाे फेजबुक पेजबाट।

Related News

सम्बन्धित समाचार

hero news full width