पोखरा । सांसद विन्दुकुमार थापाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग दोहोर्याएका छन् । नीति तथा कार्यक्रममा पनि उनी लगायत अधिकांश सांसदले यो कार्यक्रम खारेज गर्नुपर्ने आवाज जोडतोडले उठाएका थिए। तर सरकारले परिमार्जन सहित निरन्तरता दिने बताएको छ।
आगामी बर्ष पनि ३६ क्षेत्रमा ७२ करोड विनियोजन गरिएको अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । सांसद थापाले जनताबाट नरुचाईएको कार्यक्रम भएकोले यो खारेज हुनुपर्ने बताएका हुन्।
आगामी आर्थिक बर्षको बजेटमाथी छलफल गर्दै उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम जनताले रुचाएको कार्यक्रम होईन । अप्रिय कार्यक्रम हो । एउटा सांसद र अर्को सांसदबीचमा पनि भेदभाव गरेको छ । यो कार्यक्रम खारेज गर्न धेरै पटक कुरा राख्यौं । यो खारेज गर्नुपर्छ । दोहो¥याउनु हुँदैन ।’ थापाले पोखरा बसपार्क, पोखरा चक्रपथ, औद्योगिक क्षेत्र स्थापना लगायतका क्षेत्रमा हरेक बर्ष बजेट राख्ने र कुनै काम नगरी फ्रिज गर्ने प्रणाली अन्त्य गर्न सुझाए।
‘अघिल्लो बर्ष पनि पोखरा बसपार्क, पोखरा चक्रपथ, औद्योगिक क्षेत्र भनेर बजेट राखियो । सिन्को पनि नभाँच्ने अनि बजेट हरेक बर्ष राखेर कुनै अर्थ छैन,’ उनले थपे । थापाले भत्ता खारेजीको प्रश्ताव सह्रानीय भएको भन्दै सांसद र जनप्रतिनिधिहरुको तलव भत्ता पनि कटौती गर्न माग गरे । ‘आगामी बर्ष प्रशासनिक खर्च मितब्ययिता अपनाउदै भत्ताहरु खारेज गर्ने भनेको छ । यो असाध्यै सह्रानीय कुरा हो । हामीले पनि पाउने तलवभत्ताबाट कोरोनाको उपचारमा दिने हो कि ? त्यो सुरुवात गर्ने हो कि ?,’ उनले भने, ‘भारतमा पनि दुई बर्षसम्मको तलवभत्ता निश्चित प्रतिशत कोरोनाको क्षेत्रमा खर्च गर्न लागिएको छ । गण्डकीमा पनि यो सुरुवात गरौं।’ अघिल्लो बर्षभन्दा चालू खर्च बढ्दै गएको भन्दै संकेत नराम्रो भएको उनको टिप्पणी छ । अबण्डा बजेटमा उनले कटाक्ष गरे।
‘विभिन्न मन्त्रालयमा अवण्डा शीर्षकमा बजेट देखियो । सडक मर्मत र निर्माणका नाममा धेरै पोके बजेट भयो । यस्तो बजेटले विपक्षी दलको माननीयहरुमा भेदभाव भयो । हामीले ब्यापक विरोध हुँदा हुँदै पनि सरकारले ध्यान दिएन,’ उनले थपे । उनले कोरोना संक्रमणको नियन्त्रण र ब्यवस्थापनमा पर्याप्त बजेट नछुट्याएको आरोप लगाए । ‘क्वारेन्टाइन अब्यवस्थित र असुरक्षित छ । त्यहाँबाट भाग्ने, बलात्कार हुने घटना देखिएको छ । सरकारको यो तर्फ ध्यान जाओस्,’ उनी भन्छन्, ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव संकलन गरेर २ हजार भन्दा बढी रोकिएको छ।
संकलन मात्रै ठूलो कुरा होईन छिटो रिपोर्ट निकाल्नुपर्छ। अटोमेटिक रिपोर्ट निकाल्ने मेसिन खरिद गर्नुपर्छ । स्वास्थ्यकर्मी अभाव देखिएको छ । कोरोना संक्रमणको नियन्त्रण गर्ने, रोकथाम गर्न ६० करोड ४० लाख निकै थोरै हो । यो दोब्बर बनाएर लैजानुपर्छ।’
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१