पोखरामा महिलालाई छुट्टै क्वारेन्टाइन

आदर्श समाज सम्वाददाता
असार ३, २०७७
20200617_121412

पोखरा ३ असार । पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बुद्ध हस्पिटललाई महिलाहरुका लागि क्वारेन्टाइन बनाएको हो । नेपाल भन्दा बाहिरबाट आउने महिलाहरुलाई राख्न महानगरले पोखराका विभिन्न ठाँउमा स्थानको खोजी गरिरहेको थियो ।

पहिला बुद्ध हस्पिटलमा महानगरले क्वारेन्टाइन बनाउन खोज्दा विरोध भएको थियो । बुद्ध हस्पिटलमा ५० जना राख्न सक्ने क्षमता रहेको छ । वडा नम्वर ३ का अध्यक्ष रवीन्दबहादुर प्रजुले महिलाका लागि क्वारेन्टाइन आग्रह गरेपछि बुधवार नै महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष प्रजु, स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा, महानगरका अधिकृत किरण कोइराला सहितको टोलीले अनुगमन गरे । निरीक्षण गदै उपप्रमुख गुरुङले बुधवार नै २० जनाका लागि बेड तयार गर्न निर्देशन दिएकी छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सहित २० जना राख्न सकिने गरी आज बेलुका सम्म आवश्यक ब्यवस्था मिलाउनुस उनले भनिन् । ‘भारतबाट ८ जना महिला पोखरा आउदै छन् उनीहरुलाई यहाँ राख्नुपर्छ ।’ महिला पुरुषलाई एउटै ठाँउमा राख्दा बलात्कार लगायतका थुपै्र कुरा बाहिर आएका छन् उपप्रमुख गुरुङले भनिन् ‘त्यसैले महिलाका लागि छुट्टै क्वारेन्टाइनको ब्यवस्था गरेका छौ ।’

क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला राखिने छ । परिवार सहित आउनेलाई अन्य क्वारेन्टाइनमा राख्न सकिने तर एक्लाएक्लै आउने महिलाहरुलाई छुट्टै राख्ने ब्यवस्था गरिएको हो । भारत लगायत अन्य देशबाट आउने महिलाहरुलाई नदिपुरमा राखिने छ ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…

hero news full width