पाेखरा । प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद मनकुमारी गुरुङले ब्यवसाय जीवनरक्षा कोष कार्यान्वयनको स्पष्ट मापदण्ड नभएको कारण कार्यकर्ता मुखी हुन सक्ने आशंका गरेकी छिन् । गण्डकी प्रदेशको आगामी बजेटमाथी छलफल गर्दै उनले अवण्डा बजेट ल्याएर उद्योगी ब्यवसायीको रक्षा नहुने भन्दै स्पष्ट नीति आवश्यक पर्ने बताईन्।
‘हामीले पहिले पनि अवण्डा बजेट ल्याउनु हुँदैन भनेका थियौं । ब्यवसाय जीवन रक्षा कोषको नाममा १ अर्व आयो । यसको मापदण्ड खै ?,’ उनले भनिन्, ‘कार्यविधि पहिले नै स्पष्ट हुनुपर्छ । अन्यथा कार्यकर्तालाई खुसुखुसु पैसा बाँड्ने कार्यक्रम हो । यो जनतामुखी बजेट होईन । उद्योग ब्यवसायलाई टिकाउन, जोगाउन र सुचारु गर्न यसले सहयोग गर्दैन । यो १ अर्वले कार्यकर्ता जोगाउने मात्रै हो, उद्योगी ब्यवसायलाई जोगाउँदैन । यसमा मेरो आपत्ति र शंका छ ।’
उनले स्थानीय तहले पठाएका कार्यक्रम र योजनाहरु प्रदेश सरकारले महत्व नदिएको बताईन् । ‘बजेट बक्तब्य सुन्दा र पाना पल्टाएर हेर्दा बोलम त के बोलम ? नबोलम धोति पोलम जस्तो भएको छ । बोलौं भने सरकारलाई विरोध गरेको जस्तो मात्रै देखिन्छ । नबोलौं भने जनताका भावना पोलिएका छन्,’ उनले थपिन्, ‘नीति तथा कार्यक्रममा धेरै सुझाव दिएका थियौं । तर सुझाव समेटिएको देखिएन । बजेट जनताको भावना विपरित आएको छ। संघीयताप्रति जनताको आकर्षण बढाउन सकेन । स्थानीय तहहरुले प्राथमिकताका साथ पठाएका योजनाहरु बजेटले समेट्न सकेन । ति योजनाहरु कुन कितावमा आउने हो ? रातो कितावमा ? निलो कितावमा ? पहेंलो, हरियो कुनमा हो ? मैले छुट्याउन सकिन ।’
सांसद गुरुङले बजेटले परम्परा धान्ने र कार्यकर्तालाई ध्यान दिएको आरोप लगाईन् । ‘बजेट सँधै उस्तै भयो । योजना अलपत्र छन् । बजेट चाहीँ आधा पनि खर्च भएको छैन,‘ उनी भन्छिन्, ‘चौंथो बर्ष पनि उही कार्यक्रम उही पैसा ? यो बर्षको परिस्थिति बेग्लै छ । परिस्थितिलाई हेरेर बजेट आउँछ भनेको तर हातमा लाग्यो शून्य भयो ।’ उनले महामारी बर्षैपिच्छे आउने भन्दै उनले त्यसको उपचार र रोकथाममा ख्याल गर्न सरकारको ध्यानाकर्षण गराईन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
माघ १०, २०८१जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१