गण्डकीको बजेट

आदर्श समाज सम्वाददाता
असार ३, २०७७
editorial-cover

१. गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ३४ अर्व ८४ करोडको बजेट सार्वजनिक गरेको छ । त्यसमा चालूतर्फ १४ अर्व ३४ करोड र पूँजीगत तर्फ १९ अर्व ९९ करोड विनियोजन गरिएको हो । वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्टयाइएको छ ।

२. बजेटमध्ये २१ अर्व २१ करोड नेपाल सरकारबाट अनुदान लिइने र ४ अर्व ६० करोड आन्तरिक आम्दानीबाट जुटाइने उल्लेख छ । बाँकी ९ अर्व मध्ये ७ अर्व चालु वर्षमा खर्च नभएको बजेट सार्ने, १ अर्व आन्तरिक ऋण उठाउने र १ अर्व नेपाल सरकारबाट ऋण माग्ने जनाइएको छ । बजेट चालु वर्षभन्दा साढे २ अर्व कम गरिएको छ । कोरोनाका कारण रावश्वमा कमी हुने देखिएपछि बजेट पनि कम भएको हो ।

३. बजेटमा कोरोना संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइएको छ । गुणस्तरीय क्वारेन्टिन निर्माण गर्ने, संक्रमितहरुको उपचारका लागि विशेष अस्पताल र आइसोलेसन कक्ष स्थापना र सञ्चालन गर्ने, जिल्ला अस्पतालहरुमा शैया थप गर्ने, पिसिआर परीक्षण र उपचार लगायतका कार्यलाई ६० करोड छुट्टयाइएको छ ।सरुवा रोग अस्पताल निर्माणका लागि ५ करोड विनियोजन गरिएको छ ।

४. यसैगरी सडक र पुल निर्माणमा आठ अर्व ६० करोड, शिक्षण अस्पताल स्थापनामा ४२ करोड ७५ लाख, खानेपानीमा ३ अर्व ३९ करोड, उर्जामा ३७ करोड ८६ लाख, पर्यटन प्रवद्र्धनमा २७ करोड, उद्योग र आपूर्ति व्यवस्थापनमा ११ करोड र भूसंरक्षणमा २५ करोड बजेट छुट्टयाइएको छ । कतिपय विगतका कार्यक्रमको निरन्तरता मै खर्च राखिएको छ । केहीमा सामान्य बजेट रहेको छ ।

५. बजेटमा सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उल्लेख छ । यसका लागि दुई करोड छुट्टयाइएको छ । कृषिमा प्रोत्साहन बढाउने भनी छुट्टयाइएको उक्त बजेट पर्याप्त भने छैन । कृषि उत्पादन र उत्पादकत्व बढाउन भनी नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत ४ करोड राखिएको छ। असोज महिना भित्रै योजना छानेर लगानी गर्नुपर्ने र अनावश्यक खर्च कटौतीले केही सुधार आउने देखिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width