रुकुम पश्चिम घटना, ९ प्रतिवादीको सकियो बयान

रासस
असार २, २०७७
nabaraj bk rukum

नवराज बिक (फाइल फोटो)

रुकुम पश्चिमको चौरजहारी–८, सोती घटनामा अभियोग लागेका नौ जनाको मंगलबार बयान सकिएको छ ।  कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत गरी तीन कसूरमा मुद्दा परेकामध्ये नौ जनाको बयान सकिएको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले बताए ।

अभियोग दर्तानुसार अब क्रमशः बाँकी रहेकाको बयान हुने उनको भनाइ  छ ।  बयान बुधबार पनि हुने छ । घटनामा संलग्न रहेको आरोपमा ३४ जनाविरुद्ध रुकुम अदालतमा मुद्दा परेको छ । दुई नाबालकसहित ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुत तथा एक जनालाई मतियार कसूरमा मुद्दा परेको छ । आइतबार अभियोग दर्ता भएपछि सोमबार दुई नाबालकको बयान र थुनछेक बहस सकिएपछि  मुद्दा पुर्पक्षका लागि तिनलाई बाल सुधारगृहमा पठाउन अदालतले आदेश दिएको थियो । गत जेठ १० गते  चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा जाजरकोट, भेरी नगरपालिकाका पाँच र चौरजहारी नगरपालिकाका एक जनाको मृत्यु भएको थियो ।

यसैबीच युग पाठक, सङ्गीत, जेबी विश्वकर्मा, मोहन साशङ्कर,  राम नेपाली, विजय विश्वकर्मा र स्ुष्मा बरालीको अध्ययन टोलीले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी घटनामा जातीय विभेद देखिनाका साथै सरकार र राजनीतिक दलहरुको भूमिका कमजोर देखिएको भनी प्रतिवेदन सार्वजनिक गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width